• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
फुल्न नपाई वैंश झर्यो हरे कृष्ण
सारा खुशी कसले हर्यो हरे कृष्ण

जवानीले छुँदा घरजम गर्ने रहर हुँदा
अझै कुमार बस्नु पर्यो हरे कृष्ण

जसलाई आफ्नो ठानी दिलै भित्र सजाँय
आज उसैले आँखा तर्यो हरे कृष्ण

एकान्तमा एक्लै कतै पीडामा नै बाँचे
सारा रहर अन्तै सर्यो हरे कृष्ण..
.


आशाहरु मरेर बेहोशी भै लडे कतै
लाग्छ भाग्यले घात गर्यो हरे कृष्ण

भुली सके बाँच्न अब माया प्रिति साँच्न
बिवश आत्मा आज मर्यो हरे कृष्ण


हरे कृष्ण ( नेपाली गजल )
बैरागी माईलो बिवश

गुल्मी हाडहाडे
Now in DubaiUnited Arab Emirates

Adblock test (Why?)