• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
ईलामको चिया मिठो झापालिको बोली ।
भन माया कैले आउ लिन बोकी डोली ।।

शन्तीडाँडा घर मेरो फिक्कलमा बस्छु ।
किन लाज मान्छौ नानी बोल दिल खोली ।।

बिए पास गर्‍या मैले पाल्छु सुख साथ ।
तिमी धेर नसोच भो के के हुन्छ भोली ।।


कती धाउ तिम्रो निम्ती बिर्तामोड मैले ।
हिड माया अब साथै बोकी कुम्लो झोली ।।

ईलामको चिया मिठो झापालिको बोली ।
भन माया कैले आउ लिन बोकी डोली ।।

गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
ईलामको चिया मिठो ( Gajal )

Adblock test (Why?)