• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

शुन्दर्ताको धनि तिनै भुल्दिन म सोलुखुम्बु 
तिमीलाई छोडी कतै डुल्दीन म सोलुखुम्बु

हिमालको घेरा भित्र सजेका छौ कति राम्रो
कसै गरि बिदेशमा झुल्दीन म सोलुखुम्बु

बाह्रै मास बग्ने तिनै दुधकोशी सोलुखोला
छोडी कतै अन्तै तिर फुल्दीन म सोलुखुम्बु

गुम्बा चैत्य देवी थान सबै मिली बसेका छन्
तिमीलाई छोडी अन्तै घुल्दीन म सोलुखुम्बु

याद भनि सधैं तिमी छाई दिनु जहिले नि
पराईको ठाउँ दिल भित्र हुल्दिन म सोलुखुम्बु


गजलकार

सुवास संगम राई
लोखिम,सोलुखुम्बु

Adblock test (Why?)