• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
आज मायालूको सारो याद आउँदैछ ।
बाहिर रुखमा चरीले गीत गाउँदैछ ।

भाले पोथी संगै चिरविर चिरविर गरे
मैले जस्तै हुन सक्छ माया पाउँदैछ ।

पखेटा फैलाउदै भाले पोथी समिपमा
मैले जस्तै संम्भवतः हात समाउँदैछ ।

चूच्चोले चूच्चोमा ठूंगेको होला किन
मैलै जस्तै होला प्रीया प्रीत लाउँदैछ ।

वेदना सुनाउँन होला स्वर अलि चर्को
मैले जस्तै साथ पाउँन कि रुवाउँदैछ ।

भूर्र उडे अर्को डाली फूरफूर गर्दै गए
मैले जस्तै मात्तिएर छिन्मै हसाउँदैछ ।

गजलकार

Purna Bandhan
Tikapur Nepal
Now in
Copenhagen, Denmark

Adblock test (Why?)