• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
सारा खुशी तिमी तिरै,सारी दिन्छु बरु
संगालेका झिना आशा,मारी दिन्छु बरु

रोदन रैछ जीवन मेरो,अझै रुवाउ मलाई
रक्त आँसु तिम्रै निम्ति,झारी दिन्छु बरु

वाचा विश्वाश सबै दिए,अब के नै दिउ
चिरा पारी यो मुटु नै, फारी दिन्छु बरु


पिडा व्यथा भाग लगाई,मलाई देउ तिमी
सुख हाँसो तिम्रो नाउँमा,पारी दिन्छु बरु

मैले संसार छोडी जाँदा, आयु बढ्छ भने
आफु मरी तिम्रो मृत्यु, टारी दिन्छु बरु

लाखौ हार खेपी सके, खेद छैन मलाई
जिन्दगीकै अन्तिम बाजि,हारी दिन्छु बरु

गजलकार
योगेन ढोली
काठमाडौँ नेपाल

Adblock test (Why?)