• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लाली ला'की राम्री ।।

हेर्दामा हल्का काली हाँसी बोल्ने ।
जवानी आधा लर्की गा'की राम्री ।।

गाजलु आँखा कालो लामो चुल्ठो ।
कोरिया हङ्कङ तिर धा'की राम्री ।।

कानैमा झुम्के मुन्द्री छोटो लुगा ।
बोल्दामा स्वार चाँही ना'की राम्री ।।

मेहन्दी हातमा आनिबानि चुल्बुल ।
भन्छन है थोरै गाजा खा'की राम्री ।।

गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लालो ला'की राम्री ।।



गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
*** कोठी भा'की राम्री ***

Adblock test (Why?)