• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
सृष्टि फल्ने धर्ति हजुर, म त जाबो फाली न हुँ
सधैं पाउ सहि रहने, म त जाबो आली न हुँ

फूलै फूलका थुँगा हजुर, हजुरकै तारिफ हुन्छ
बिछोड अनि चोट खेप्ने, म त जाबो डाली न हुँ

गंगाजी को जल हजुर, हजुरकै निश्छल गाथा
लुकेर उधें बगी जाने, म त जाबो नाली न हुँ

 बहुमूल्य धातु हजुर, हजुरकै पूजा-आजा
खोलेफांडो मुछ्ने गिल्टे, म त जाबो थाली न हुँ

संसारलाई भुलाउने, हजुर मा के छैन र ?
सिख्रै भएको रुख जस्तै,म त जाबो खाली न हुँ |

गजलकार
ओम प्रकाश भट्टराई "शुभ चिन्तक"
मोतिपुर -९ कपिलवस्तु ,लुम्बिनी !

Adblock test (Why?)