• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई
पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई

कहिले विवशताले रोक्छ,कहिले परिस्थितीले छेक्छ
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई

कहिले कहीं आशुंको न्यानोमा निदाउने बानी छ
अज्ञान मनको  कमजोरी ठानेर,नबिर्सिनु है मलाई


ईन्द्रचोकको चुरा र असनको चिया पसलमा हुन्न
तीजको पर्व र दसैंको चाडमा नबिर्सनु है मलाई



गजलकार
अनु शाह 
काठमाडौँ  नेपाल हाल Boston MA

Adblock test (Why?)