• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
Youth and Time 1901
धेरै पछि बल्ल आज
एक्लो भए जस्तो लाग्यो
एक्लो मनको कुरा गर्न
मेरो मनको डर भाग्यो ।1।


यो धर्तीमा जन्मेपछि
एक पटक त मर्नै पर्ने
एक्लै जिउछुँ भने पनि
एकको भर त पर्नै पर्ने ।2।


धेरै धेरै साची मैले
तिमीलाई नै छानेको छु
तिमीले जे भने पनि
जीवन साथी मानेको छु ।3।


तिमीले मलाई साथ दिए
मत तिम्रै साथमा छु
तिमीले जे भने पनि
म त तिम्रै आशमा छु ।4।



लामो जीवन पुरा गर्न
तिम्रै साथ छानेको छु
तिमी यसलाई जे भन
प्रस्ताव मैले मानेको छु ।5।

रचनाकार
ईश्वर पाण्डेय
शंकरनगर – ४
रुपन्देही नेपाल

Adblock test (Why?)