• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
ताज़ा मासु छोड़े अब कबाब आउने भो
दौरा छोड़े टाई-कोट्को रवाफ आऊंने भो

छोरो मुन्द्री लगाऊँने छोरी लाऊँने कट्टु
बोल्नै नपाई नमिठो जवाव आउने भो

जांड छोडी ब्राउनसुगर चरेसको लत्
देशीका ठाऊँ विदेशी शराब आउने भो

दया माया कुल्चिएर बन्दूक बोकी हिंडे
हो, नसोचेको जमाना ख़राब आउने भो

बाङ्गो टेढो नचल्नेको खोइरो छैन अब
डाका गुंडा हत्याराको प्रभाव आउने भो

गजलकार
शाश्वत ढुंगाना {गोविन्द}

Adblock test (Why?)