• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
आधा जुनी सुतेर पो पछुतो भो
खोटी कर्म फुटेर पो पछुतो भो

हात माथि हात राखी गर्‍यौ बाचा
थाम्ने हात छुटेर पो पछुतो भो

पराइमा दम कहाँ थियो लुट्ने
आफ्नाले नै लुटेर पो पछुतो भो


दुध दिदै नाग मैले हुर्काए छु
डस्न भनी जुटेर पो पछुतो भो

चुनौती भो काल लाई मर्दिन म
गरीबीले कुटेर पो पछुतो भो

गजलकार
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी हाल रियाध साउदी अरेविया

Adblock test (Why?)