• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
ओकेल्नु न निल्नु गरी प्रेम दिएर गयौ
म के भनौँ
फुकेको यो मन बेसैगरी सिएर गयौ
म के भनौँ

अबत केहि सारंस पाईन्छकी भनेर
बाटो लागेँ
आखीर मलाई भित्र भित्रै पिएर गयौ
म के भनौँ

मनभित्र रहर बनाउँछु भन्दै मलाई
लतारेर,
फेरीछौ मननै अर्कैसँग जिएर गयौ
म के भनौँ

हिजो एक थियौ आज अचानकनै
स्वरुप बदलेर,
हिसाब किताब बराबर लिएर गयौ
म के भनौँ

हामी भित्र भएका सम्झौताको सिमा
नाघेर के पायौ?
अन्ततः आफुनै हरपल खिएर गयौ
म के भनौँ

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

Adblock test (Why?)