• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा

अब हाम्रो उमेरले डाँडा काटिसक्यो हेर
बहिनिको लागि नि केटा हेर्नुपर्छ छोरा

छिमेकिले मिलेर हेप्न थालेकाछन् यहाँ
आफ्नो जती करेसा बारी घेर्नुपर्छ छोरा

घरफर्क अबत कती विदेश बस्छौ भन ?
हामीमर्दा कफनले तिम्ले बेर्नुपर्छ छोरा

यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा

गजलकार
स्टारह्याङ्ग वान्तवा 'जलन' झुत्रेजेठा
इटहरी नेपाल ( हाल- यु ए ई )
नेपाली गजल । स्टारह्याङ्ग वान्तवा जलन ।

Adblock test (Why?)