छट्पटिदै यो मरुभुमिमा बस्नुपर्ने हो कतिबेर
पर्खिरहेछ बसन्त,त्यहाँ पुग्न लाग्ने हो कतिबेर
टाढा बाट आउने सुगन्धले,मृगतृष्णा बढाई दिन्छ
थाकेको पाइलाको यात्रा रोकिन,लाग्ला नै कतिबेर
चाहेको मैले अबिरल बर्षा,सुख्खा बन्जर जिन्दगीमा
कोमल निराश मनको याचना, दुख्न लाग्लानै कतिबेर
बग्छन नयन कोशीश गर्छ,छातीको मायाले लुकाउन
मन्को तापले आँखाको आशुंलाई,सुकाउलानै कतिबेर
गजलकार
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA