• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
कस्तो होला बेहुली बनि सर्माउदै बसेको दिन
नन्दा ज्युले बाटो छेकी उन्कै घरमा पसेको दिन

उसकी आमा मेरी सासु माना पाथी भर्ने बेला
घरमा लक्ष्मी आइ भन्दै मुसुमुसु हासेको दिन

सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै
आफ्नो थर हटाएर लोग्नेको थर गाँसेको दिन

बा-आमाको सस्कारलाई थाति राखुँ भनिकन
भाले बास्या डाँको संगै उठी दैलो धसेको दिन!

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल
सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै । नेपाली गजल । अस्मी जी.एम. ।

Adblock test (Why?)