• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
तिम्रो तस्बिर हेरेर नै बसौ की ?
बाहुपास अँगालो भित्र कसौ की ?

नशालु नयन को तिर बनाई
कोमल त्यो मुटु बिच धसौ की ?

मन भरी को पिडा सबै बिर्सेर
मातलाग्दो ती अधरमा फसौ की ?

आखाँ भित्रको गहिरो सागर मा
हुत्तिएर डुब्लुकी मार्न पसौ की ?

चाहना का छाल लाई समेटेर
पानी बनी परेली बाट खसौ की ?

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल
तिम्रो तस्बिर  ।  नेपाली गजल । श्रेष्ठ बसु ।

Adblock test (Why?)