• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
Sabitra Luitel Ghimire from jhapa nepal
आफ्नो मुख हेर तिमी बल्ल थाहा पाउछौ 
आफैँ भित्र हेर नानी ! अन्त किन धाउछौ ??

पानी माथी ओभानो पो बन्न खोज्छौ तिमी
आफ्नो भेद खुल्ने हुँदा दोष अन्तै लाउछौ !!

आफैँ कालो रैछौ अनि सबै कालो देख्छौ
अध्यारो भई  सबैतिर अन्धकार छाउछौ !!

बिराएको केहि थे'न जस्तो लाग्छ म त
सधैँ भरि चोट दिन भन किन आउछौ ??

गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा
हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

Adblock test (Why?)