• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१९ भदौ, काठमाडौं ।काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद भएको छ । सुनसहित गाडी चालक पक्राउ परेपनि सुनको मालिक भेटिएको छैन ।

प्रहरीले सुन तस्करीको मुख्य नाइके चिनियाँ नागरिक भएको बताएको छ ।

क्षेत्रपाटीमा रोकिराखेको बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

सुनसहितको गाडी आउँदैछ भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै थियो । त्यसकै आधारमा प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान करिव २ बजेतिर एसपी नरेन्द्र उप्रेतीको टोलीले गाडी नियन्त्रणमा लिएको हो ।स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको लोहनीले जानकारी दिए ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै आएको पुष्टि भएको छ ।

गाडीमा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको भेटिएको छ । तस्करीमा चिनियाँ नागरिकको संलग्नता पनि खुलेको छ ।

प्रहरीका अनुसार सुन तस्करीमा एकदुर्इ जना व्यक्ति नभर्इ संगठित गिरोह नै संलग्न रहेको शंका छ । ‘अनुसन्धान जारी छ’ एसएसपी लोहनीले भने ।

सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारी मकवानपुरका हुन् ।उनले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको ३५ किलो सुन ल्याउने समूहसँग अहिलेको तस्करीको ‘कनेक्सन’ खोतल्ने प्रयास प्रहरीले थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)