Ratopato.com
Thu, 18 Apr 2024 10:33:00 +0000
ट्रेलरमा यस्तो देखियो अनमोलको ‘फर्की फर्की’

काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्म भित्रका केही महत्त्वपूर्ण दृश्यले स्थान पाएको छ ।

Thu, 18 Apr 2024 10:28:00 +0000
सुप्रिम सहकारी घोटाला प्रकरण : थुनछेक बहस सुरु हुँदै

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ ।  जिल्ला अदालत रुपन्देहीमा बिहीबार ४ जनाको  बयान लिएको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको

Thu, 18 Apr 2024 10:27:00 +0000
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस, आजै शपथको तयारी

काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख

Thu, 18 Apr 2024 10:19:00 +0000
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  राष्ट्रपति कार्यालय

Thu, 18 Apr 2024 10:17:00 +0000
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार पनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १९.५६ अंकले घट्दै १९७२ अंकमा आइपुगेको छ । यो ०.९८ प्रतिशतको गिरावट हो । परिसूचक १९

Thu, 18 Apr 2024 10:12:00 +0000
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति नेतृत्व विहीन बन्न पुगेको छ । अध्यक्ष काशीराज दाहालसहित समितिका अरू दुई जना सदस्य डीबी बस्नेत र केशवराज आचार्य आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दै गत चैत २३ गते

Thu, 18 Apr 2024 10:10:00 +0000
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Thu, 18 Apr 2024 09:57:00 +0000
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौँ । सत्ता गठबन्धनले सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई अगाडि सार्ने भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारीले दाबी पेस गर्न लागेका

Thu, 18 Apr 2024 09:57:00 +0000
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु

ललितपुर । विश्व सम्पदा दिवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटन ढोकाबाट कार्यक्रम सुरु भएको हो ।  कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३

Thu, 18 Apr 2024 09:48:00 +0000
विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्

काठमाडौं । अंगुर प्रायः जसो सधैं पाइन्छ । हरेक उमेर समूहका मानिसलाई मन पर्ने फल हो अंगुर ।  बजारमा कालो, रातो, हरियो रंगका अनेकौं अंगुर आउन थालेका छन् । अंगुर मिठो त हुन्छ नै

Thu, 18 Apr 2024 09:39:00 +0000
मधेसमा माओवादीले फेर्‍यो मन्त्री

काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो ।  मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग

Thu, 18 Apr 2024 09:38:00 +0000
नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन

बेइजिङ । चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी

Thu, 18 Apr 2024 09:26:00 +0000
बैंकबाट ऋण लिन महिलाले मृत पुरुषलाई लिएर आएपछि...

रियो द जेनरियो । ब्राजिलमा एक जना ४२ वर्षीय महिला पक्राउ परेकी छिन् । मरिसकेको मान्छेलाई लिएर उनको नाममा ऋण लिने कोशिश गरेको आरोपमा अप्रिल १६ मा प्रहरीहरूले एरिका डि सुजा भाइरा न्यून्सलाई समातेको हो

Thu, 18 Apr 2024 09:16:00 +0000
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै

काठमाडौँ । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।  माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एक/एक जना मन्त्री समावेश गरिने सरकारका

Thu, 18 Apr 2024 09:09:00 +0000
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला

काठमाडौँ । ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव भेटिएको हो ।  सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने

Thu, 18 Apr 2024 09:08:00 +0000
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान भइरहेको छ । बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ जनाको बयान चलिरहेको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो

Thu, 18 Apr 2024 09:02:00 +0000
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औँ स्थापना दिवसमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।  नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७५३ वटा पालिकामा

Thu, 18 Apr 2024 08:55:00 +0000
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको बिहीबार १० दिन पुग्यो । तर, सरकार विस्तार गरेर जनताका कामलाई तीव्रता दिने विषयमा अलमल देखिन्छन् । मुख्यमन्त्रीको यो अलमलले अझै कति दिन मन्त्रालयहरू मन्त्रीविहीन रहन्छन् भन्नेमा

Thu, 18 Apr 2024 08:49:00 +0000
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् । भावेश भण्डारी र उनकी पत्नीले निर्माण व्यवसायबाट करिब २ अर्ब भारु (२ करोड ४० लाख

Thu, 18 Apr 2024 08:46:00 +0000
बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ कार्यक्रम

Thu, 18 Apr 2024 08:44:00 +0000
गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन पाउँछन् ?

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिनेगरी तयारी गरेका छन् । त्यसका लागि मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट दिउँसो ३ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भइसकेको छ ।  सोही

Thu, 18 Apr 2024 08:41:00 +0000
एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १८८ बाट भाग्न नपाउने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै यस्तो बताएका हुन् ।  

Thu, 18 Apr 2024 08:37:00 +0000
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन

Thu, 18 Apr 2024 08:35:00 +0000
चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने सो बैठक नियमित बैठक हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

Thu, 18 Apr 2024 08:20:00 +0000
प्रदेशसभामा बहुमत सांसद बसे प्रतिपक्षमा, सत्तापक्ष अल्पमतमा

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो । सङ्कल्प प्रस्तावका प्रस्तावक रहेका

Thu, 18 Apr 2024 08:09:00 +0000
चितवनका भित्री सडकमा दुर्घटना बढी

नारायणगढ । जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एकसय चार जनाको मृत्यु भएको छ ।  भित्री सडकमा

Thu, 18 Apr 2024 08:05:00 +0000
लुम्बिनीमा एकीकृत समाजवादीका मन्त्री थप

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।  बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् । थपिएका मन्त्री

Thu, 18 Apr 2024 08:04:00 +0000
अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको  सम्पत्ति जफत गरिएको छ । भारतको कानुन पालना गर्न लगाउने निकाय प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी

Thu, 18 Apr 2024 07:52:00 +0000
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले

Thu, 18 Apr 2024 07:47:00 +0000
मोरङमा भेला र प्रदर्शन गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ ।  विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक