Taja News
Fri, 29 Mar 2024 15:08:00 +0000
चिनियाँ नेतालाई परराष्ट्रमन्त्रीको आग्रह– सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गरौं

ल्हासा– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँगको भेटमा सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गरे ।  बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगक...

Fri, 29 Mar 2024 14:49:46 +0000
ब्लकबस्टर फिल्महरूका निर्देशक क्रिस्टोफरले ‘नाइटहुड’ उपाधि पाउने

विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीवार यसको घोषणा गरेको हो । उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्म ‘ओपेनहाइमर’ले त यस वर्षको ओस्कार अवार्डमा ७ विधामा अवार्ड नै उचाल्यो । ओस्कारमा उनले ‘बेस्ट डिरेक्टर’को अवार्ड पोल्टामा पारे । उनले पहिलोपटक ओस्कार जितेका हुन् । अब यिनै क्रिस्टोफर...

Fri, 29 Mar 2024 14:32:21 +0000
एकीकृत समाजवादी बागमती प्रदेशका ५ जिल्ला अधिवेशन सम्पन्न

नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ ।  गत जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मङ्सिर ३० र ३१ गते दोलखा र यही चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न गरिएको हो । सिन्धुपाल्चोकमा पनि अधिवेशन सम्पन्न भइसकेको छ ।  सिन्धुपाल्चोकमा विनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भीम दाहाल, काभ्रेम...

Fri, 29 Mar 2024 14:11:53 +0000
मन्त्रिपरिषद् बैठकका निर्णयः मनोनीतदेखि बढुवासम्म

सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णयबारे शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् । बैठकले चैते धानको न्यूनतम समर्थन मूल्यसमेत ...

Fri, 29 Mar 2024 13:51:50 +0000
ओलीले उद्घाटन सत्रमै पदाधिकारीको नाम घोषणा गरेपछि एमाले झापाको अधिवेशन विवादमा

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा (एमाले)को नेतृत्व छनोट चुनावी प्रक्रियाबाट गरिने भएको छ । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि झापाका नेता–कार्यकर्ताले त्यसलाई नमानेपछि चुनावी प्रक्रिया अगाडि बढाइएको छ ।  अध्यक्ष ओलीले उद्घाटन सत्रमा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरीलाई अध्यक्ष बनाउन खुल्ला मञ्चबाटै भनेका थिए । सचिव शिव ढुङ्गेल दाबीबाट पछाडि नहटेपछि झापामा एमालेको जिल्ला अधिवेशन रोचक बनेको छ ।  दुई जनाबीच सहमति हुन नसकेका कारण शुक्रवारका लागि तोकिएको उम्मेदवार म...

Fri, 29 Mar 2024 13:27:32 +0000
बोआओ फोरममा चीनका दुई प्रमुख प्रतिबद्धताः खुलापन र साझेदारी

बोआओ– यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले अहिले सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान गरेको छ ।  चीनको अगुवाइमा शुक्रवार सम्पन्न यस सम्मेलनमा चीनले थप खुलापन र साझा विकासका आकाङ्क्षा परिपूर्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।  चीनले पछिल्ला वर्षहरूमा उच्च—गुणस्तरयुक्त विकास समेतका सबै मोर्चामा तीब्र विकास गरिरहेको जनाउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तथा सबै देशको समतामूलक विकासका लागि बढीभन्दा बढ...

Fri, 29 Mar 2024 13:12:48 +0000
राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । “सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ', राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Fri, 29 Mar 2024 13:06:16 +0000
नेपाल लाइफले गर्‍यो देशभरका ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा ‘ग्लोबल मनी वीक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ​​ १८ मार्चदेखि २४ सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’को अवसरमा ​धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । 'उज्वल भविष्यका लागि लगानी' विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत ५ देखि ८ गतेसम्म नेपालगन्ज, कोहलपुर, धनगढी, महे...

Fri, 29 Mar 2024 12:53:24 +0000
सरकारबाट बाहिरिन सुदूरपश्चिम संसदीय दललाई नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट बाहिरिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्। अध्यक्ष श्रेष्ठले शुक्रवार संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। उनका अनुसार टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता नलिए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।

Fri, 29 Mar 2024 12:29:29 +0000
बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक, १ जना पक्राउ

बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एक जना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।​ पोखरेलका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट बिहीवार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न ...

Fri, 29 Mar 2024 12:16:56 +0000
अर्थ मन्त्रालयले बनायो बजेट लेखन समिति, संयोजकमा शर्मा

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गरेका उनको सचिवालयले जनाएको छ । आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन् । समिति संयोजक शर्माले भोलि शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए।...

Fri, 29 Mar 2024 11:59:37 +0000
गल्ती गर्ने जुनसुकै दलको भए पनि नछाड्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै उनले कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुर्व्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्नेजस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताए । उनले जिल्लाका सुरक्षा निकायलाई भ...

Fri, 29 Mar 2024 11:53:17 +0000
भैरहवाको 'सिद्धार्थ भिलासा'ले पायो पाँच तारे होटलको मान्यता

सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । 'भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसपछि २६ वर्षको अनुभव बटुलेको ग्रुपले सञ्चालन गरेको होटललाई पाँच तारे मान्यता दिएको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, पर्यटन विभागले भनेको छ । करिब ...

Fri, 29 Mar 2024 11:49:39 +0000
कर्णालीमा देउडाको रौनक

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा देउडा खेल्दै सर्वसाधारणहरू । प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाई सरी आएका सर्वसाधारणहरू देउडा खेलबाट आफ्नो सुख दुःख साट्ने गर्दछन् । तस्वीर : सुरेश आचार्य/रासस

Fri, 29 Mar 2024 11:41:45 +0000
कांग्रेसका ‘बेरोजगार’ सह–महामन्त्री !

२०७५ को महासमिति बैठकअघि पुसमा विधान मस्यौदा संशोधन समितिको प्रस्तावअनुसार नेपाली कांग्रेसले पदाधिकारीमा बहुपद सिर्जना गर्‍यो । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र एक सह–महामन्त्री मात्रैको अभ्यास गर्दै आएको कांग्रेसले १४ सदस्यीय पदाधिकारी बनायो । सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री, एक कोषाध्यक्ष गरी १४ जना पदाधिकारी बनाउने निर्णयमा कांग्रेस पुगेको थियो ।  १३ औं महाधिवेशनसम्म सभापति, महामन्त्री र कोषाध्यक्षको मात्रै निर्वाचन हुन्थ्यो । तर बहुपदमा गएपछि २०७८ मंसिरमा भएको १४ औं ...

Fri, 29 Mar 2024 11:15:59 +0000
जिन्स पाइन्टमा देखिए ओली

प्राय नेपाली मौलिक पोसाक (दौरा सुरुवाल)लगाउने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जिन्स पाइन्टमा देखिएका छन् । गृहजिल्ला झापामा रहेका ओली शुक्रवार जिन्स पाइन्ट लगाएर दमकको भ्युटावर हेर्न गएका थिए । ओलीले हिजो भाटभटेनीमा कपडा हेर्दै गरेको तस्वीर राखेका थिए । बिरलै देखिने जिन्स पाइन्ट लगाएका ओलीले भादगाउँले कालो टोपी र कोट लगाएका थिए ।  एमाले उपाध्यक्ष रामबहादुर थापासहित भ्युटावर हेर्न गएका ओलीले त्यहाँ स्थानीयसँग कुराकानी गरेका छन् । ओली प्रधानमन्त्री बनेको समयमा दमकमा १८ तले भ्य...

Fri, 29 Mar 2024 10:59:35 +0000
भारतबाट चोरेर ल्याइएका गाडी र मोटरसाइकल ड्राइभिङ सेन्टरमा प्रयोग, ३ जना पक्राउ

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेंसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीण गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी छन् । गाडी र मोटरसाइकल भन्सार छली तथा चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको...

Fri, 29 Mar 2024 10:56:53 +0000
सनसनीपूर्ण खेलमा जीतनजिक पुरेर चुक्यो नेपाल 'ए'

अन्तिम ३ ओभरमा सम्हालिन नसक्दा 'नेपाल ए' 'आयरल्यान्ड ए'सँगको टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल ए १९ ओभर ३ बलमा २०१ रन जोड्दा अलआउट भयो । नेपालको पारीमा लोकेश बमले सर्वाधिक १०६ र आरिफ शेखले ४९ रन जोडे पनि जीतका लागि पर्याप्त भएन ।  १७ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर १९३ रन जोडिसकेको नेपालले त्यसपछिको ३ ओभरमा ८ रन थप्दा बाँकी ६ विकेट गुमाउन पुग्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली आयरल्...

Fri, 29 Mar 2024 10:26:19 +0000
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैं अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारबाहीमा बाधा परिरहेको विषय समाधान गरिने उनले बताए । 'कार्यविस्तृतीकरणको प्रतिवेदन तयार भएपछि तहगत अन्तरसम्बन्ध, अधिकार क्षेत्...

Fri, 29 Mar 2024 10:25:11 +0000
आयरल्यान्ड ए विरुद्धको खेलमा लोकेश बमको शानदार शतक

आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए टीमका ओपनर लोकेश बमले शानदार शतक प्रहार गरेका छन् । ५२ बल खेलेका बमले ८ छक्का र ८ चौकाको मद्दतमा शतक पूरा गरे । समग्रमा ५६ बल खेल्दै उनी १०६ रन बनाएर आउट भए । हारतर्फ उन्मुख भएको नेपाली पारीलाई आरिफ शेखसँग मिलेर उकासेका उनी जीत नजिक पुर्‍याएर आउट भएका हुन् । आयरल्यान्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको हो । लोकेशले कप्तान विनोद भण्डारीसँगै पारीको शुरूआत गरेका थिए । यसबीचमा क्याच ड्रप भएर उनले जीवनदान पनि पाएका थिए ।

Fri, 06 Oct 2023 11:32:52 +0000
संसद् भवनभित्रै यो बिजोग !

संसद् भवन जनप्रतिनिधि बस्ने सामान्य थलो मात्र हैन, देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि हो । संसद्का हरेक गतिविधिमा मर्यादाको विषय जोडिएको हुन्छ । अर्कातर्फ देश सञ्चालन गर्ने सरकार यही संसद्ले नै बनाउँछ । त्यस हिसाबले पनि संसद्को महत्त्व निकै ठूलो छ । तर, बानेश्वस्थित संसद् परिसरमै यसरी असरल्ल छाडिएको तारको गुजुल्टोले देशको इज्जत र प्रतिष्ठामा नै आँच पुर्‍याउने काम गरेको छ । यसरी असरल्ल छाडिएको तार व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । भगवान् भरोसामा चलेको देशमा टाढाको समस्या नदेखे पनि संसद् भवनभित्रैको यो बिजोग त देख्...

Wed, 27 Sep 2023 17:31:18 +0000
सिंहदरबार जलाउँछु भन्ने बालेनले जब आफ्नै कार्यालयको दाँत झरेको थाहा पाएनन् !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह संघीय सरकारका प्रत्येक क्रियाकलापको आलोचना गर्छन् । सरकारका मन्त्री, दलका नेताप्रति आक्रोश पोख्न सिंहदरबार जलाउने धम्की दिन्छन् । सिंहदरबारलाई काठमाडौं महानगरबाट सार्न दबाब दिन्छन् । तर, आफ्नै कार्यालयमा भएको बेथिति र भद्रगोलबारे भने थाहा पाउँदैनन् । राष्ट्रिय सभागृह जहाँ बालेनको कार्यालय छ, यही कार्यालयको नाम लेखिएको मेटल झरेर दाँत झरेको जस्तो देखिएको छ । राष्ट्रिय सभागृह त्यही हो, जहाँ सार्क सम्मेलन भएको थियो । यति महत्त्वपूर्ण ठाउँको नाम मेटिँदा समेत उनी बेखबर छन् । अरूको कमजोरी द...

Mon, 11 Sep 2023 12:22:31 +0000
सरकारी अकर्मण्यताले ८ वर्षदेखि त्रिपालको भरमा ऐतिहासिक भवन

राज्यका निकायको समन्वय अभाव र सरकारी अकर्मण्यताले विकास निर्माणको काम कसरी अलपत्र हुन्छन् भन्ने उदाहरण हो, सिंहदरबारको मुटुमा रहेको ग्यालरी बैठक । २०१५ सालदेखि २०६३ सालसम्म प्रतिनिधिसभाको बैठक बसेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले चर्कायो । भूकम्पले भत्काएका अधिकांश संरचनाको पुनर्निर्माण या सबलीकरण गरेपनि यो ऐतिहासिक ग्यालरी बैठकका भित्तामा पिपल उम्रेका छन्, छत त्रिपालले छोपेर राखिएको छ ।  २०७६ पुस २९ गते प्रतिनिधि सभाको विकास समितिले सबलीकरण सम्भव नहुने भन्दै भत्काउन निर्देशन दिएको थियो । पछि राष्ट्रिय सभाको प्रत्यायोजि...

Thu, 23 Feb 2023 15:28:31 +0000
सरकारी अस्पतालको छातिमा राष्ट्रिय झण्डाको यो हुर्मत !

कुनैपनि सरकारी कार्यालय र अड्डामा सम्मानका लागि राष्ट्रिय झण्डा राखिन्छ । सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राखिएपनि त्यसको सम्मान भएको देखिँदैन । राष्ट्रिय शोकमाबाहेक झण्डा निहुर्‍याउन मिल्दैन । तर, वीर अस्पतालको बोर्डमाथि राखिएको राष्ट्रिय झण्डा झुत्रे बनेर बसेको छ । यो दृश्य देख्दा लाग्छ– सम्मान होइन राष्ट्रिय झण्डाको अपमान भइरहेको छ । राष्ट्रिय झण्डाको सम्मान र संरक्षण कसले गरिदिने हो ?

Tue, 18 Oct 2022 11:50:39 +0000
फूटपाथको बीचमा यो धराप कहिलेसम्म ?

काठमाडौंको कलंकी खसीबजारस्थित चक्रपथको फूटपाथमा एउटा बढेमानको फलामको पिल्लर छ । पूरै फूटपाथभरी ढाकेको खम्बाले पैदलयात्रीलाई कष्ट दिइरहेको छ । दैनिक सयौं यात्रुले आवतजावत गर्ने यो सडक किनारामा राखिएको यो पोलको औचित्य भने कतै देखिँदैन । सडक ढाकेर बनेको यो पिल्लर शताब्दी पुरानो रोपवेको अवशेष हो । सडकमा बनाइएको भन्दा पनि सडक विस्तार भएर पोलसम्म पुगेको हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ मा मकवानपुरको भीमफेदी धोर्सिङबाट काठमाडौंको मातातीर्थ हुँदै कुलेश्वरसम्म रोपवे बनाएका थिए । २०५६ सालदेखि यो रोपवे बन्द छ । त...

Tue, 02 Aug 2022 16:02:20 +0000
‘कमिसनखोर’हरूले माल पाएर चाल नपाएपछि...

अहिले पनि मानिसहरू एम्बुलेन्स अभावमा अस्पताल नपुगी बाटोमै मृत्युवरण गरिरहेका हुन्छन् । एम्बुलेन्स अभावमा दुर्गम क्षेत्रमा स्टेचरमै राखेर बिरामीलाई स्वास्थ्य केन्द्रमा लगिने गरेको छ । तर, राजधानी काठमाडौंका ठूला अस्पतालमा एम्बुलेन्स प्रयोगविहीन बनेर बसिरहेका छन् । देशकै जेठो वीर अस्पतालको बाहिर देखिएको यो दृष्यले ‘माल पाएर चाल नपाउने’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । जापानमा काम गर्ने नेपालीले आफ्नो छाक काटेर दिएको यो एम्बुलेन्सलाई यसरी डम्पिङ साइडमा थन्क्याउनु सम्पत्तिको दुरुपयोग हो । कसैले चन्दा उठाएर दिएका एम्बुलेन्सलाई ...

Mon, 14 Mar 2022 12:56:49 +0000
सडकको फूटपाथमा राज्यले थापेको पासो

नेपाल सरकारका मन्त्रीहरूको 'क्वार्टर' रहेको ललितपुरको हरिहरभवनस्थित सडकको दृश्य हो यो । झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यो तस्वीरलाई गहिरो गरी हेर्दा स–साना पासो देखिन्छ, जहाँ दैनिकजसो पैदल यात्रुहरू फसिरहेका छन् । सडक किनारामा रोपिएका बिरुवा संरक्षणका लागि शुरूमा बार लगाइएको थियो । बिरुवा हुर्केसँगै बाहिर लगाइएका बार हटाइयो । तर बार अड्याउन गाडिएका फलामका टुक्रा यत्तिकै छाडिएको छ । जमिनको सतहभन्दा माथिबाट काटिएका कारण फलामका ती टुक्रामा पैदलयात्रु अड्किएर लडेका दृश्य दिनदिनै देख्न सकिन्छ । सेतो छडीको भरमा हिँड्ने दृष्टि...

Tue, 04 Jan 2022 15:57:59 +0000
हेर्नुस् त, लाज शरम पचेका राजधानीवासी !

यो तस्वीर देशको राजधानी शहर काठमाडौं महानगरपालिकाभित्रको हो । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) नजिक धौलागिरी मार्गको सडकको दुर्दशा हो यो । फोहोरका कारण मानिसहरू मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । काठमाडौं महानगरपालिकाको वातावरण विभागले यो ठाउँमा फोहोर फाल्न पाइँदैन भनेर सूचना नै टाँसेको छ । अझ सीसी क्यामेराको निगरानी भइरहेको सूचनामा उल्लेख छ । यति हुँदाहुँदै पनि यहाँ फोहोर फाल्न छाडिएको छैन ।  ५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने सूचनासहित सीसी क्यामेरा राखिए पनि यो ठाउँमा फोहोर फाल्न छ...

Wed, 10 Nov 2021 15:18:16 +0000
तिम्रो शहरको मुहार हेर्न हरिसिद्धि जाऊ मन्त्री झाँक्री !

यो तस्वीर कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिकको तस्वीर । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको यसमा ध्यान गएको छैन ? देशको राज...

Wed, 06 Oct 2021 16:18:12 +0000
जनतामाथि 'राज्य अत्याचार'को नमूना हेर्न गुर्जुधारा जाऔं

यो तस्वीर कुनै ‘बाइक राइडिङ’ प्रतियोगिताको तयारीको होइन, राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारण सवारीधनीको हो । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने डिङ हाँक्छ, सरकार । तर, सर्वसाधारण जनतालाई भने राज्यलाई कर बुझाउन पनि यस्तो सास्ती छ । यो तस्वीर गुर्जुधारास्थित यातायात कार्यालयको हो । जहाँ चर्को घाम र पानीमा भिजेर सर्वसाधारण कर तिर्न लाइनमा बसिरहेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँ–गाउँ’मा सिंहदरबार पुगेको भनिए पनि जनतालाई राज्यबाट लिने सेवा लिनका लागि पञ्चायतकालीन सास्ती बेह...

Fri, 03 Sep 2021 17:35:41 +0000
सरकार, अझै पनि भिजिट नेपाल– २०२० ?

यो तस्वीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको हो । तस्वीरमा भिजिट नेपाल– २०२० लेखेको बोर्ड स्पष्ट देख्न सकिन्छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । वर्षको शुरूआतबाटै कोरोना संक्रमण फैलिएपछि पर्यटन वर्षको कार्यक्रम स्थगित भयो । भिजिट नेपाल– २०२० स्थगित भएको झण्डै २ वर्ष र सन् २०२१ लागेको एक वर्ष हुन लाग्दा पनि विमानस्थलमा पर्यटन वर्षका बोर्ड र पम्प्लेटहरू यथावत छन् । देशीविदेशी पाहुनाहरू भित्रिने र भीभीआईपीहरू समेत ओहोरदोहोर गर्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अवस्था रहनु लाज लाग्नुपर्ने व...

Wed, 11 Aug 2021 17:31:07 +0000
सिंहदरबारमै राष्ट्रिय झण्डाको यो के बिजोग !

यो तस्वीर मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मोहोडामा राखिएको राष्ट्रिय झण्डाको हो । प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूले मात्र प्रवेश पाउने मुख्यद्वारबाट सिंहदरबार छिर्नासाथ यो दृश्य देखिन्छ । विदेशी पाहुना र राजदूतहरू पनि सिंहदरबार छिर्न यही बाटो प्रयोग गर्छन् । सर्वसाधारणहरूले यही पश्चिमी मोहोडालाई खास सिंहदरबार र मुख्य सरकारी अड्डाका रूपमा चिन्छन् । स्थायी सरकार भनिने निजामती कर्मचारीका मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालय हेर्ने सचिवको कमी छैन, यो भवनभित्र । तर देशको प्रमुख प्रशासनिक भवनमा रहेको राष्ट्रिय झण्डाको दु...

Sun, 11 Jul 2021 18:05:03 +0000
कंक्रिट थुपार्न चिथोरिएको राजधानीको भित्तो !

यो तस्वीर ललितपुरको गोदावरी नगरपालिकास्थित गोदामचौर क्षेत्रको हो । गोदावरीमा मात्र होइन यस्ता दृश्य अहिले राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देख्न सकिन्छ । यसरी भइरहेको अव्यव्यस्थित जग्गा प्लटिङले एकातर्फ राजधानी काठमाडौंलाई कुरुप बनाइरहेको छ भने अर्कातर्फ पर्यावरण खल्बलिने चिन्ता विज्ञहरूको छ । यसरी जथाभावी जमिन खन्दा यहाँका खोलामा बाढी र डुबानको समस्या देखिने गरेको छ । यस्ता अव्यवस्थित प्लटिङको अनुमगन कसले गर्ने ? काठमाडौं उपत्यकालाई स्वच्छ शहर बनाउने कि कंक्रिटको शहर बनाउने ? सोच्न ढिला भएन र ?

Tue, 29 Jun 2021 17:54:09 +0000
फेरियो विद्युत् प्राधिकरणलाई 'गिज्याउने बोर्ड'

यो साइनबोर्ड हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । राजधानी काठमाडौंको मुटु रत्नपार्कनजिक रहेको प्राधिकरणको केन्द्रीय कार्यालय एवं प्रमुख वितरण केन्द्रको बोर्ड हो यो । वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयको बिजोग हेरिनसक्नु छ । अपरिचित सेवाग्राहीले कसरी थाहा पाउने कार्यालय ? एउटा सामान्य बोर्ड समेत मर्मत गर्न नसक्ने प्राधिकरणको व्यवस्थापन क्षमतामा प्रश्न उठ्दैन ? यस्तै व्यवस्थापकीय कमजोरीका कारण प्राधिकरणमा कहिले मुसा त कहिले बिरालाले लोडशेडिङ गराउँदै आएका छन्...

Mon, 21 Jun 2021 18:37:35 +0000
...अनि मेलम्चीमा १२ बजेन !

गत साता सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी आयो । पहिरोले थुनिएको मेलम्ची खोला एक्कासि खुलेर ढुंगामाटोसहित आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ । मेलम्ची बजारमा मात्र करोडौंको क्षति भएको अवस्था छ । शुक्रवार मेलम्ची बजारमा पुग्दा एउटा भित्ते घडी अलपत्र अवस्थामा सडक छेउमा थियो । शायद बाढीले बगाएर त्यहाँ ल्याएको घडी १२ बज्न ४ मिनेट बाँकी छँदा रोकिएको थियो । यो घडी त एउटा निर्जीव वस्तु भयो । निर्जीव नै वस्तु भएपनि घरको भित्तामा सजिने यो घडीले प्राकृतिक विप्तिको त्यो त्रासदीलाई अवश्य सम्झाइ...

Mon, 31 May 2021 13:14:08 +0000
नझुक्किनुस्, यो बन्दै गरेको हाम्रै संसद् भवन हो

नझुक्किनु होला, बन्न लागेको यो भवन नेपालकै हो । सिंहदरबार कम्पाउन्डभित्रको पुतली बगैँचामा बन्दै गरेको सुविधासम्पन्न संसद् भवन हो यो । सिंहदरबार भित्र रहेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले भत्काइदिएपछि नयाँ संसद् भवन बन्न लागेको हो । आफ्नै भवन नहुँदा २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको छ । सिंहदरबारभित्र बन्न लागेको यो भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै सभा हल र संसदीय समितिका बैठक कक्ष रहनेछन् । शनिवार सार्वजनिक बजेटमा संसद् भवन निर्माणका ल...

Sun, 11 Apr 2021 14:59:24 +0000
सिंहदरबारभित्रको अनुशासन : नो पार्किङमा सवारीको लाइन !

नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अनेकौं विकृति र समस्या देख्न सकिन्छ । ‘सिंहदरबार’लाई नेपाल सरकार सञ्चालन गर्ने ठाउँ र शक्ति केन्द्रको रूपमा लिइन्छ । कानून बनाउने र कानून कार्वान्वयन गराउने निकाय सिंहदरबारभित्रै छन् । देशको ‘स्थायी सरकार’ भनेर चिनिने सयौं कर्मचारीले सिंहदरबारमा काम गर्छन् । देशको प्रमुख प्रशासनिक केन्द्रमा देखिने तमाम बेथितिमध्ये तस्वीरमा देखिएको यो दृष्य पनि एक हो । ‘नो पार्किङ’ लेखिएको ठाउँमा लाइन लगाएर सवारी साधन पार्किङ गरिएको छ । त्यहाँ सरकारी सवारी साधन पनि राखिएका छन् । देख्दा सामा...

Sun, 21 Mar 2021 17:01:02 +0000
तारमा गुजुल्टिएको राजधानी !

मुलुकको सभ्यताको केन्द्र बन्नुपर्ने राजधानी काठमाडौं प्रदूषण मात्र होइन, अव्यवस्थित संरचनाहरूका कारण पनि कुरूप बन्दै गएको छ । त्यसैका उदाहरण हुन्, राजधानीका सडकमा ठडिएका बिजुलीका पोलहरूमा देखिने तारका गुजुल्टाहरू । यो तस्वीर कालिमाटी चोकको हो । कालिमाटीमा मात्र होइन, राजधानीका प्राय:जसो स्थानमा यस्तै अवस्था छ । बिजुली, इन्टरनेट, केबल लाइन, फोनलाइन आदिका तारहरू अव्यवस्थितरूपमा गुजुल्टो पारेर पोलहरूमा झुण्ड्याइँदा राजधानी सौन्दर्यमा नै गिरावट आइरहेको छ । यसलाई व्यवस्थित बनाउन न सरकारको ध्यान जान सकेको छ न त विद्युत् प्राधिकरणस...

Wed, 17 Feb 2021 15:51:27 +0000
मुसा र बिरालोले लोडशेडिङ गराउने विद्युत् प्राधिकरणको बोर्डको यो के बेहाल ?

यो साइनबोर्ड हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ ।  राजधानी काठमाडौंको मुटु रत्नपार्कनजिक रहेको प्राधिकरणको केन्द्रीय कार्यालय एवं प्रमुख वितरण केन्द्रको बोर्ड हो यो ।  वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयको बिजोग हेरिनसक्नु छ ।  अपरिचित सेवाग्राहीले कसरी थाहा पाउने कार्यालय ? एउटा सामान्य बोर्ड समेत मर्मत गर्न नसक्ने प्राधिकरणको व्यवस्थापन क्षमतामा प्रश्न उठ्दैन ?  यस्तै व्यवस्थापकीय कमजोरीका कारण प्राधिकरणमा कहिले मुसा त कहिले बिरालाले लोडशेडिङ गराउँदै आएक...

Tue, 02 Feb 2021 11:34:18 +0000
चौबाटोमा यो के बिजोग ?

कोभिड– १९ नाम दिइएको कोरोना महामारीबाट जोगिन सर्वसाधारण नागरिकले हात धुन पाऊन् भनेर एक वर्ष पहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सक्रियतामा काठमाडौं उपत्यकाका ठाउँ–ठाउँमा पानी ट्याङ्की राखियो । सर्वसाधारणको भीडभाड हुने चोक र अस्पताल अगाडिका ठाउँमा ठूला ट्याङ्की राख्न विभिन्न कर्पोरेट हाउसले सहयोग गरे । कोरोनाको सन्त्रास बाँकी नै छ, एकवर्ष पुग्दा नपुग्दै सार्वजनिक स्थानमा राखिएका ट्याङ्कीमा पानी छैन । ट्याङ्कीका धारा हराएका छन्, तर पनि ती ट्याङ्की अलपत्र र वेबारिसे ढंगले छाडिएका छन् । अलपत्र रूपमा सडकको छेवैमा राखिए...