News
Mon, 16 Feb 2026 06:27:49 +0000
‘नेपथ्य’ सङ्गीत यात्रा : बन्दीपुरमा हजारौं दर्शकमाझ गुञ्जियो ‘जोगले हुन्छ भेट’

बन्दीपुर (तनहुँ) । विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो । देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले दर्शकको घुइँचोमाझ तन्नेरी मनका गीतहरू गुन्जाउँदै थियो । निर्धारित समयमै कार्यक्रम थालनी गर्दा बन्दीपुरमा बेलुकीको चिरपरिचित सिरसिरे हावा चल्न सुरु भएको थियो । मञ्चमा […]

Mon, 16 Feb 2026 06:06:48 +0000
नवलपुरमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना

४ फागुन, काठमाडौं । रुप्से स्पोर्टस् म्यानेज्मेन्टले नवलपुरको गैंडाकोटमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । रुप्से स्पोर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दे गैंडाकोटमा आफ्नै स्वामित्वमा रहेको ५ बिघा क्षेत्रफलमा अत्याधुनिक पूर्वाधारसहितको क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारिएको जनाएको छ । नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान […]

Mon, 16 Feb 2026 06:01:10 +0000
जुलाई क्रान्तिबाट उदाएको एनसीपी पार्टी किन पराजित भयो ?

एनसीपीले अवामी लिग विरोधी तर बीएनपी नचाहने मतदातालाई आफ्नो पक्षमा ल्याउन सकेन। एनसीपीका नेताहरूबाट समय-समयमा क्षुद्र अभिव्यक्ति पनि आइरहेका थिए।

Mon, 16 Feb 2026 05:51:24 +0000
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

४ फागुन, बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् । प्रचलित […]

Mon, 16 Feb 2026 05:29:11 +0000
घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ । आइतबार सुन तोलामा ३ लाख ५ […]

Mon, 16 Feb 2026 05:28:16 +0000
फोक्सोको वृत्तान्त : यो कस्तो हुन्छ, कसरी काम गर्छ ?

स–साना संक्रमण वा चोटबाट फोक्सोमा भएको क्षति आफैं ठीक हुन सक्छ तर धूम्रपान, प्रदूषण वा दीर्घकालीन रोगहरूबाट भएको क्षति स्थायी हुन सक्छ

Mon, 16 Feb 2026 05:09:37 +0000
चुनावमा जित–हारलाई स्वीकार्नुपर्छ भन्नेमा स्पष्ट छु : रेनु दाहाल

४ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् । त्यसले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । ‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास […]

Mon, 16 Feb 2026 04:57:27 +0000
बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

४ फागुन, काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । लगत्तै आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् । बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुईतिहाइ […]

Mon, 16 Feb 2026 04:52:53 +0000
मतपत्र छपाइ अन्तिम चरणमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भने, 'बाँकी पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, आज ४० दिनमै सकिँदैछ ।’

Mon, 16 Feb 2026 04:43:03 +0000
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था

४ फागुन, धनकुटा । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार जिल्लाका सात वटै स्थानीय तहका घर–घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरी स्वयंसेवकहरु खटाइएको छ । […]

Mon, 16 Feb 2026 04:31:25 +0000
सामुदायिक वनका सवाल चुनावी घोषणापत्रमा समेट्न माग

४ फागुन, बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सबै राजनीतिक दलहरुलाई सामुदायिक वन क्षेत्रसँग सम्बन्धित विषयहरू अनिवार्य रूपमा घोषणापत्रमा समेट्न आग्रह गरेको छ । महासंघको संघीय सचिवालयको टोलीले बुटवलमा सरोकारवालासँग छलफल गरी सो आग्रह गरेको हो । दिगो वन व्यवस्थापन, स्थानीय समुदायको अधिकार सुनिश्चितता, वनमा आधारित उद्यम प्रवर्द्धन, रोजगारी सिर्जना, जलवायु परिवर्तन न्यूनीकरण तथा […]

Mon, 16 Feb 2026 04:10:06 +0000
रुकुमपूर्वबाट चीनको सीमासम्म पिच सडक बनाउने सपना छ : प्रचण्ड

४ फागुन, रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् । त्यसपछि मैकोटलगायतका क्षेत्र […]

Mon, 16 Feb 2026 03:57:28 +0000
रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

४ फागुन, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडमाथि ४-१ को जित निकाल्दै रियल शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा भिनिसियस जुनियरले २ गोल गरे भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले १-१ गोल गरे । सोसिडाडका मिकेल ओयरजाबालले १ गोल गरे । खेलको पाँचौं मिनेटमा […]

Mon, 16 Feb 2026 03:56:56 +0000
छैटौंपटक चुनावी मैदानमा दीपक गिरी, आफ्नालाई एकढिक्का बनाउने चुनौती

२०५१ सालदेखि चुनाव लडिरहेका कांग्रेस नेता गिरी छैटौं पटक चुनावी मैदानमा छन् । कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेसभित्र आन्तरिक द्वन्द्वले पनि संस्थापन पक्षका नेताहरु खुलेर लागेका छैनन् । यसले गिरीलाई अप्ठ्यारो पार्न सक्छ ।’

Mon, 16 Feb 2026 02:52:33 +0000
जुम्लामा ६४८ कर्मचारी मतदान केन्द्रमा खटिए

४ फागुन, जुम्ला । जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जिल्लाका कुल ११० मतदान केन्द्रमध्ये १०८ केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन् भने बाँकी दुई अस्थायी केन्द्रका लागि कर्मचारी खटिन बाँकी छ । निर्वाचनलाई पारदर्शी बनाउन स्थानीय कर्मचारीलाई उनीहरूको आफ्नै मतदान केन्द्रभन्दा […]

Mon, 16 Feb 2026 02:43:10 +0000
सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?

डिजिटल प्रियताभन्दा दूरदृष्टि भएको नेतृत्व छान्ने मतदाताको आजको सबैभन्दा ठूलो राजनीतिक परिपक्वता हो। मत कुनै नेताको सामाजिक सञ्जालको प्रियता होइन, उसको नैतिकता र पारदर्शिता हेरेर दिनुपर्छ।

Mon, 16 Feb 2026 02:35:07 +0000
इमान्दार अभ्यासलाई ट्रोल संस्कृतिको चुनौती

सामाजिक सञ्जालको ‘ट्रोल संस्कृति’ ले तर्कभन्दा उत्तेजनालाई प्राथमिकता दिन थालेको छ ।

Mon, 16 Feb 2026 02:23:19 +0000
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

४ फागुन, स्याङ्जा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले स्याङ्जाका लागि आफ्ना प्राथमिकता र योजनासहित संकल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ संकल्पपत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्र केन्द्रित संकल्पपत्र […]

Mon, 16 Feb 2026 02:06:57 +0000
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र

४ फागुन, चितवन । पृथ्वी राजमार्गको नागढुंगा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । २०७९ साल पुस १५ गते तीन […]

Mon, 16 Feb 2026 01:44:10 +0000
गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्

गोरखा २ का स्थानीय भन्छन्- भरोसाको मतले काम गरेन अब दिने हो आशाको मत ।

Mon, 16 Feb 2026 00:53:55 +0000
निर्वाचनमा मधेशमा कसलाई कति सहज, कति सकस ?

यो व्यवस्थाभित्र शोषित–उत्पीडित वर्गको भोट आवश्यक मानिन्छ तर उनीहरूको नेतृत्व, नीति निर्माण र निर्णयकारी भूमिका आवश्यक ठानिँदैन । ‘मिश्रित बसोबास’ को भाष्य निर्माण गर्दै बहुसङ्ख्यक उत्पीडित समुदायलाई नेतृत्वबाट टाढा राख्ने अभ्यासले राज्यसत्ता क्रमशः सीमित शासक वर्ग र जातिको हातमा सङ्कुचित हुँदै गएको छ ।

Mon, 16 Feb 2026 00:35:03 +0000
घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

४ फागुन, काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य […]

Mon, 16 Feb 2026 00:27:08 +0000
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]

Sun, 15 Feb 2026 23:49:08 +0000
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

४ फागुन, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आज फागुन ४ गतेदेखि फागुन १८ […]

Sun, 15 Feb 2026 17:43:33 +0000
सोमबारदेखि एम्प्युटी फुटबल च्याम्पियनसिप हुँदै

३ फागुन, काठमाडौं । सोमबारदेखि एन्फा खेल मैदान सातदोबाटोमा एम्प्युटी फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । विश्व एम्प्युटी फुटबल महासंघ र फिफा फाउन्डेसनको सहयोग तथा एम्प्युटी खेलकुद समाज नेपालको आयोजनामा उक्त च्याम्पियनसिप हुन लागेको हो । सोमबार र मंगलबार हुने च्याम्पियनसिपमा सुदरपश्चिम, लुम्बिनी र बागमती प्रदेशसहित नेपाल आर्मीको टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता नकआउट […]

Sun, 15 Feb 2026 17:00:34 +0000
पाकिस्तानमाथि रवाफिलो जितसहित भारत सुपर ८ मा

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ। श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो । पाकिस्तानका लागि उसमान […]

Sun, 15 Feb 2026 16:27:25 +0000
अलपत्र १० औं राष्ट्रिय खेल, राजनीतिक जालझेल 

बैठक लाइभ गरेर १० औं राष्ट्रिय खेलकुदको मिति तोकेको सरकारले तोकिएको समयमा गर्न सकेनौं भनेर बोल्न समेत सकेको छैन ।

Sun, 15 Feb 2026 16:25:16 +0000
… अनि भत्कियो कारागारभित्र इन्द्रजितको शासन !

एम्बुलेन्स, दमकल तयारी अवस्थामा राखियो । कारागारलाई चारैतिरबाट नेपाली सेना, सशस्त्र प्रहरीले ‘कर्डन’ गर्‍यो । ड्रोन उडाएर सबै दृश्य कैद गरियो । कुकुर समेतको सहयोगमा कारागारभित्र प्रहरीले सर्च अपरेशन चलायो । अनि ३ वर्षदेखि ‘जंगी’ शासन चलाएका इन्द्रजितको हातमा हत्कडी लाग्यो ।

Sun, 15 Feb 2026 16:23:33 +0000
टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?

सेना दिवसको कार्यक्रममा सहभागी हुन आएको अमेरिकी सैनिक ब्यान्डको नियमित प्रस्तुतिलाई लिएर जंगी अड्डाले जवाफ दिएको छ ।

Sun, 15 Feb 2026 16:22:28 +0000
महामन्त्री पौडेलको दाबी- कांग्रेस फेरि राजनीतिको विश्वविद्यालय बन्यो

‘विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न कांग्रेस तयार भएको छ’

Sun, 15 Feb 2026 16:21:32 +0000
अहिलेको चुनाव बजेट कटाउने र राख्नेबीचको हो : ओली

३ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै क्रममा अध्यक्ष ओलीले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको […]

Sun, 15 Feb 2026 16:21:21 +0000
बैंक दरमा सरकारलाई अधिविकर्ष कर्जा, सहायक कम्पनीमा पनि राष्ट्र बैंक सुपरिवेक्षण

नेपाल सरकार वा मातहत पूर्ण, अधिकांश वा आंशिक स्वामित्व भएका संस्थालाई वित्तीय स्रोत अभाव भएको अवस्थामा केन्द्रीय बैंकले ओभरड्राफ्ट मार्फत कर्जा दिन सक्ने प्रस्ताव मस्यौदामा छ ।

Sun, 15 Feb 2026 16:19:44 +0000
आजको एउटा प्रश्न : कुन पार्टी कसको ?

आउनुहोस् बहस गरौं । दलहरूले कसको हितको प्रतिनिधित्व गर्छन् भन्ने निर्क्योल गरौं । आफ्ना हित अनुरूपको दल छानौं । छान्न प्रेरित गरौं । यसो भयो भने हामीले राजनीतिलाई वितण्डा, चटक, छलकपट र अस्थिरताबाट अलिकति मुक्त गर्न सक्छौं ।

Sun, 15 Feb 2026 16:17:22 +0000
यसरी हावातालमा, हतारमा फिल्म बनाउँदा केही राम्रो हुँदैन : सौगात मल्ल

‘स्क्रिप्ट लेख्नु भनेको खेतबारी जस्तै हो । मौसम फरक–फरक चाहिन्छ । कहिले घाम लाग्नुपर्छ, कहिले पानी । बीच–बीचमा मलजल गर्नुपर्छ ।

Sun, 15 Feb 2026 16:08:05 +0000
ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक

ज्ञवालीले ‘मन्दाकिनी’मा कलम र शब्दको मात्र उत्पादन नभई आँसु, पीडा र आशाको संयोजन रहेको बताइन् ।

Sun, 15 Feb 2026 16:00:57 +0000
स्याङ्जा-१ : एकै बैंकका २ पूर्वअध्यक्ष आमनेसामने

मुक्तिनाथ विकास बैंक स्थापना कालदेखि नै नेतृत्व तहमा रहेका दुई व्यक्तित्व अहिले फरक-फरक राजनीतिक दलबाट आमनेसामने भएका छन् ।

Sun, 15 Feb 2026 15:59:40 +0000
चुनावी ‘प्लेलिस्ट’: गगनको गानादेखि बालेनको र्‍यापसम्म

पछिल्लो एक दशकमा चुनावी प्रचारशैलीमा आएका आमूल परिवर्तन र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै उम्मेदवारहरूले जनतासम्म पुग्न गीत र भिडियोको सहारा लिन थालेका छन्।

Sun, 15 Feb 2026 15:57:26 +0000
आयोगले तोकेको समयसीमा भित्र ठुला दलले नै ल्याएनन् घोषणापत्र

यसअघि माघ २७ गते निर्वाचन आयोगले आइतबार (फागुन ३ गते) भित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको थियो ।

Sun, 15 Feb 2026 15:55:02 +0000
हरियो तरकारी भाउमा व्यापक गिरावट, ७७ प्रतिशतसम्म सस्तियो

मौसममा आएको सुधार र तराई तथा स्थानीय क्षेत्रबाट तरकारी उत्पादन एकैसाथ बजार भित्रिएकाले यो अवस्था सिर्जना भएको हो ।

Sun, 15 Feb 2026 15:48:47 +0000
तामाकोशी बस दुर्घटना : बेपत्ता तीन जनाको खोजी जारी

नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी जारी राखेको छ ।

Sun, 15 Feb 2026 15:36:32 +0000
अज्ञात समूहको गोली प्रहारबाट इञ्जिनियरको हत्या

परिवार स्रोतकाअनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घर बाहिर बोलाएका थिए । बाहिर निस्कनेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो ।

Sun, 15 Feb 2026 15:35:22 +0000
विश्वबन्धु थापा : बीपीका विश्वासपात्र, महेन्द्रका सहयोगी

राजाका विश्वासपात्र विश्वबन्धुका लागि २०३४ सालको दशैंपछि फरक कित्तामा उभिने स्थिति बन्यो । बीपीकै छत्रछायामा हुर्केका विश्वबन्धु उक्त सालको दशैमा बीपीकहाँ टिका लगाउन गएका थिए ।

Sun, 15 Feb 2026 15:24:33 +0000
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

Sun, 15 Feb 2026 14:55:33 +0000
उज्यालो पार्टीको प्रतिबद्धता : सांसद-मन्त्री संख्या घटाउने, १० वर्षमा जीडीपी १११ अर्ब डलर

प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा उनेपाले अघि सारेको छ । स्थानीय तहको निर्वाचन दलीय हुन नहुने निचोड उनेपाले निकालेकाे छ ।

Sun, 15 Feb 2026 14:43:13 +0000
चर्च ब्वाइजलाई हराउँदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

३ फागुन, काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको आज भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो । जाउलाखेलले सबै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ४८औं मिनेटमा धर्मेन्द्र कुँवरले गोल गर्दे जावलाखेललाई पहिलो अग्रता दिलाए […]

Sun, 15 Feb 2026 14:37:05 +0000
भोकलाई मातृत्वले जित्यो : जब सिंहनीले कृष्णसारको बच्चा हुर्काउन थाले

उनले बच्चालाई चाटिन्, छायामा राखिन्, र अरू सिंहहरूबाट जोगाइन् । उनी बच्चाकी आमालाई केही समय दूध खुवाउन दिन्थिन्, त्यसपछि भगाउँथिन् ।

Sun, 15 Feb 2026 14:29:42 +0000
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?

३ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल/मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्खेत र […]

Sun, 15 Feb 2026 14:12:54 +0000
लगातार तेस्रो हारपछि ब्याटिङमा असफल भएको रोहितको स्वीकारोक्ति

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो । लगातार तीन खेलमा पराजित भएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले ब्याटिङ युनिट असफल भएको बताएका छन् । नेपालले तीन खेल खेल्दा पहिलो खेलमा इंग्ल्याण्डलाई ठूलो स्कोर पछ्याउँदा पनि टक्कर दिएको थियो । तर त्यसपछि […]

Sun, 15 Feb 2026 14:01:10 +0000
कर्णालीकाे विकासमा नयाँ फड्को : नाग्म-गमगढी सडक कालोपत्रे सुरु गर्न बजेट

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार हाल ९१ करोड बजेट सुनिश्चित भइसकेको छ ।

Sun, 15 Feb 2026 13:51:31 +0000
हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न स्थानीय तहलाई पत्राचार

३ फागुन, काठमाडौं । सरकारले हालै ल्याएको हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मंसिरमा यस्तो कार्ययोजना स्वीकृत गरेको थियो । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त कार्ययोजना कार्यान्वयनमा आवश्यक समन्वय/सहजीकरण गर्न पत्र लेखेको थियो । सोही अनुसार संघीय मामिलाले […]

Sun, 15 Feb 2026 13:44:59 +0000
सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा सरकारले ८९ अर्ब ६३ करोड ५५ लाख खर्च गरेको छ ।

Sun, 15 Feb 2026 13:37:50 +0000
सरकारले ६ महिनामै दियो ५३ अर्ब ४० करोड कर छुट

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक ऐनले दिएको कर राजस्व छुटमार्फत कुल ५५ करोड ५७ लाख राजस्व छुट भएको छ ।

Sun, 15 Feb 2026 13:12:56 +0000
टी-२० विश्वकपमा अमेरिकाको दोस्रो जित, नामिबिया बाहिरियो

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले दोस्रो जित हासिल गर्ने क्रममा नामिबियालाई पराजित गरेको छ । योसँगै लगातार तीन हार बेहोरेको नामिबिया भने बाहिरिएको छ । समूह ‘ए’ अन्तर्गत चेन्‍नईमा भएको खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले हराएको हो । अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन […]

Sun, 15 Feb 2026 12:55:05 +0000
पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जना प्रहरीको नियन्त्रणमा

३ फागुन, काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवनमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । शिवरात्रीको […]

Sun, 15 Feb 2026 12:49:28 +0000
१५औं खुम्बु ल्होसार कप फुटबलमा आयोजक महेन्द्र ज्योति च्याम्पियन, प्रीति सम्मानित

३ फागुन, काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई ४–१ गोलले पराजित ग¥यो । महेन्द्र ज्योतिका पासाङ गेल्जेन शेर्पाले २ तथा […]