News
Sat, 18 Oct 2025 16:48:26 +0000
टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

काठमाडौं महानगरपालिका- ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, माथि उल्लेखित विवरणहरूको ढड्डा खोज्दा केही पनि पाइएको छैन ।

Sat, 18 Oct 2025 16:39:41 +0000
‘परान’को मर्मस्पर्शी ट्रेलर : सन्तानको सामीप्यता खोजिरहेका बाबुको दर्द

काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षालाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथा बनाइएको छ । शीर्ष भूमिकामा […]

Sat, 18 Oct 2025 16:20:50 +0000
घुम्न जाउँ, उपल्लो ताप्लेजुङ (तस्वीरहरू)

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा रहेको लोदेन क्षेत्र ४ वर्ष अगाडिसम्म गुमनाम जस्तै थियो । ताप्लेजुङकै एकाध बाहेक कसैलाई थाहा थिएन ।

Sat, 18 Oct 2025 16:18:51 +0000
विद्याको सदस्यता नवीकरण गर्न तयार भए ओली ? 

विद्या भण्डारीको सदस्यता नवीकरणका लागि निरन्तरको दबाबपछि ओलीले शुक्रबारको केन्द्रीय कमिटी समापनमा घुमाउरो संकेत गरे, जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी पनि रोकियो ।

Sat, 18 Oct 2025 16:17:13 +0000
मिरज रणनीति : दल खोल्ने, माग पूरा नभए चुनावमा नजाने

नेतृत्व भनेको अग्रचेतना हो, त्यसैले नेतृत्वबाट अगाडिको बाटो र भिजन अपेक्षित हुन्छ । तर, शनिबार बानेश्वर पुगेका सञ्चारकर्मी र सहभागीहरूले मिरजबाट न अगाडिको बाटो र भिजन सुन्न पाए, न सोचेजस्तो ‘स्पष्टता’ भेटे ।

Sat, 18 Oct 2025 16:14:15 +0000
ओलीमाथि छानबिन होस्, चुनाव नभाँडियोस्

राष्ट्रपतिबाट भएको संसद विघटन संविधानको धारा ६६(२) को मर्म, भावना, व्यवस्था र संसदीय प्रणालीलाई बुझ्ने हो भने संसद विघटन  संविधान अनुकुल हो । यस्तो घटना विश्वमा नै पहिलोपटक भएको छ ।

Sat, 18 Oct 2025 16:13:22 +0000
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको […]

Sat, 18 Oct 2025 16:12:40 +0000
खानेपानी उद्घाटनमा राजनीतिक भाषण गरेको भन्दै कार्यक्रम छाडेर हिँडे भारतीय राजदूत

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत बोलिसकेपछि प्रमुख अतिथिको रूपमा राजदूत श्रीवास्तव बोल्ने पालो थियो । तर उनी नबोली हिँडे ।

Sat, 18 Oct 2025 16:11:38 +0000
तिलिचो तालमा हिउँसँग स्पर्श (फोटो फिचर)

सेता टल्किने हिमालको काखमा कञ्चन पानीको टिलपिल-टिलपिल दृश्यले तिलिचो पुग्ने जो-कसैको मन लोभिन्छ ।

Sat, 18 Oct 2025 16:00:51 +0000
रास्वपा सचिवालय विस्तार, थपिए यी ४ नेता

थप हुने सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन् ।

Sat, 18 Oct 2025 15:59:02 +0000
के हो प्रदीप पौडेलले प्रस्ताव गरेको ‘डिजी युथ कांग्रेस’ ?

जेनजी विद्रोहलाई पार्टीले बुझ्न नसकेको भन्दै कांग्रेस नेता प्रदीप पौडेलले ३० वर्षमुनिका युवालाई समेटेर डिजी युथ कांग्रेस गठन गर्ने प्रस्ताव गरेका छन् । डिजिटल पुस्ताको यो संगठनले पार्टीको केन्द्रीय कार्यसमितिमा रिपोर्टिङ गर्न पाउने प्रस्ताव राखेका छन् ।

Sat, 18 Oct 2025 15:57:49 +0000
ओलीको चुनौती- सात सालपछिका सबैको सम्पत्ति छानबिन गरौं, म तयार छु

‘सात सालपछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं,’ ओलीले भनेका छन्, ‘६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’

Sat, 18 Oct 2025 15:43:49 +0000
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

१ कात्तिक, महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त […]

Sat, 18 Oct 2025 15:20:02 +0000
नागरिक समूहको अध्यक्षमा दाहाल

१ कात्तिक, काभ्रेपलाञ्चोक । सुशासन र भ्रष्टाचारविरोधी अभियानका लागि ख्याति कमाएको नागरिक समूह नेपालको शनिबार भएको साधारण सभाले विष्णुहरि दाहाललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने […]

Sat, 18 Oct 2025 15:00:59 +0000
निर्वाचन केन्द्रित तयारीमा सरकार, बोलाइयो केन्द्रीय सुरक्षा समिति बैठक

१ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आइतबार बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् । सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित […]

Sat, 18 Oct 2025 15:00:59 +0000
प्लानिङ ब्वाइजले जित्यो आठाैं बेलबारी गोल्डकप फुटबलको उपाधि

१ कात्तिक, काठमाडौं । आठाैं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएकाे फाइनल खेलमा सहलेश युथ क्लब, सिराहलाई बी डिभिजन लिग च्याम्पियन समेत रहेको प्लानिङ २-१ गाेलअन्तरले हराएको हो । खेलकाे पाँचौं मिनेटमा प्लानिङ ब्वाइजका सुजन मगरले वान भर्सेस वानमा […]

Sat, 18 Oct 2025 14:55:17 +0000
चेल्सीको सहज जित, पोस्टेकोग्लु बर्खास्त

१ कात्तिक, काठमाडौं । दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीले प्रिमियर लिगमा शनिबार नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । फरेस्टको मैदानमा भएको खेलमा चेल्सीका लागि जोसुअ अचेमपोङले ४९औं, पेड्रो नेटोले ५२औं र रिस जेम्सले ८४औं मिनेटमा गोल गरे । मालो गुस्तोले ८७औं मिनेटमा रातो कार्ड पाएपछि फरेस्टले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको […]

Sat, 18 Oct 2025 14:49:22 +0000
दल दर्ताको सनाखत गर्न काठमाडौं आए हर्क, भने- एक्लै कुदेर नहुँदो रैछ

‘राजनीतिक दल स्थापनार्थ हामीले विभिन्न अभियानहरू गरिरहेका छौं । निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थिति भएर सनाखत गर्नुपर्ने भएकाले आएका हौं,’ मेयर साम्पाङले भने ।

Sat, 18 Oct 2025 14:46:32 +0000
अनमोल पायोनियर्सले जित्यो इन्डोर सुपर लिगको उपाधि

१ कात्तिक, काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.द्वारा आयोजना गरिएको इन्डोर सुपर लिग क्रिकेटको उपाधि अनमोल पायोनियर्सले जितेको छ । रोमाञ्चक फाइनल खेलमा पायोनियर्सले माया हेटौंडा रोयल्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको अनमोल पायोनियर्सले खेल ५ विकेटले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो। फाइनल खेलमा अनमोल पायोनियर्सले […]

Sat, 18 Oct 2025 14:12:55 +0000
तिहार सुरु, नयाँ भाँडा किनेर मनाइयो धनतेरस

१ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् । […]

Sat, 18 Oct 2025 14:04:45 +0000
लिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा

१ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडिआई शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गरेर लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ । भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप […]

Sat, 18 Oct 2025 13:57:37 +0000
जेनजी आन्दोलनपछि ट्राफिकसँग २७ वटा ब्रेथलाइजर बाँकी, मापसे जाँचमा समस्या

१ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले असहिले समस्या […]

Sat, 18 Oct 2025 13:51:39 +0000
अस्ट्रेलियाका साम हिजलेटले विराटनगरबाट एनपीएल खल्ने

३० असोज, काठमाडौं । अस्ट्रेलियाका साम हिजलेटले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले शनिबार एक विज्ञप्ति जारी गरेर हिजलेट अनुबन्ध गरेको जनाएको हो । हिजलेटको आगमनले टिमको मध्यक्रम बलियो हुने टिमले विश्वास लिएको जनाएको छ । हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि […]

Sat, 18 Oct 2025 12:34:35 +0000
रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

१ कात्तिक, काठमाडौं । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब […]

Sat, 18 Oct 2025 12:18:22 +0000
प्रधानमन्त्रीको अपिल– चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं

राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन् ।

Sat, 18 Oct 2025 11:44:25 +0000
परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

१ कात्तिक, काठमाडौं । ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो । […]

Sat, 18 Oct 2025 11:16:36 +0000
ओलीले संसद् पुन:स्थापना भन्नु हास्यास्पद : प्रचण्ड

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुन:स्थापना भन्नु हास्यास्पद रहेको बताएका छ्न । पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डको थप टिप्पणी छ, ‘केपी ओली प्रधानमन्त्री […]

Sat, 18 Oct 2025 11:13:44 +0000
ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला

१ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनावमा भाग लिन्नँ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई चूनौती दिन थालेको बताएका छन् । विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहार […]

Sat, 18 Oct 2025 11:09:18 +0000
५ वर्षपछि भारतबाट उडान भर्दै चाइना ईस्टर्न एयरलाइन्स

सिमानामा भएको झडपका कारण बढेको तनाव कूटनीतिक पहलहरूबाट सहज बनेपछि दुई देशबीचको व्यावसायिक उडान पुनः सुरु हुने भएको छ।

Sat, 18 Oct 2025 11:05:01 +0000
हामीले परिवर्तनको व्याख्या गर्‍यौं, जेनजीले बदले

हामीले व्याख्या गर्‍यौं, त्यसलाई बदल्न कोसिस गरिराखेका थियौं तर आज युवा पुस्ताले त्यसलाई समात्यो।

Sat, 18 Oct 2025 11:00:46 +0000
पार्टीमा सिद्धान्तको बहस हुन सकेन : काफ्ले

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आगामी महाधिवेशनको बहस चलिरहेका बेला केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सिद्धान्तको बहस हुन नसकेको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा ‘वास्तविक नेतृत्वका निम्ति मेरो अपिल’ शीर्षक दिएर उनले शनिबार कांग्रेसमा सिद्धान्तको बहसभन्दा पनि व्यक्तिगत अहंकारले ठाउँ पाउँदा पार्टी कमज़ोर भएको उल्लेख गरेका छन् । बागमती प्रदेशका निवर्तमान […]

Sat, 18 Oct 2025 10:55:55 +0000
प्रचण्डको दाबी : सुशीलालाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र पढेको छु

यसअघि यही असोज २४ गते सम्पादकहरूसँगको भेटमा पनि प्रचण्डले ओलीकै लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गरेका थिए ।

Sat, 18 Oct 2025 10:54:12 +0000
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

१ कात्तिक, काठमाडौं । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अमेरिकामा भूपेन्द्रले दोस्रोपटक खेल्न […]

Sat, 18 Oct 2025 10:47:54 +0000
सहकार्य गरेर अघि बढ्न जेनजी अगुवाहरूलाई प्रचण्डको प्रस्ताव

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी अगुवाहरूसँग सहकार्यको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘आउनुहोस् आर्थिक विकास र समृद्धिको निम्ति बसेर सल्लाह गरौं,’ प्रचण्डको प्रस्ताव छ, ‘एउटा रोडम्याप बनाऔं ।’ सँगै बसेर बनाउने रोडम्यापमार्फत भ्रष्टाचारको […]

Sat, 18 Oct 2025 10:44:42 +0000
मेरा लागि पद सानो कुरा भइसक्यो, अध्यक्ष छाड्न तयार छु : प्रचण्ड

१ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी समेत गरे । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति […]

Sat, 18 Oct 2025 10:41:00 +0000
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास

शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।

Sat, 18 Oct 2025 10:28:34 +0000
राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित

१ कात्तिक, महेन्द्रनगर । राप्रपा नेपालको कञ्चनपुरको जिल्ला कार्यसमिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । जिल्ला अध्यक्ष घनश्याम रावलसहित राप्रपा नेपालको जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको हो । राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमिति समाहित भएको जानकारी दिए । उनका अनुसार जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले […]

Sat, 18 Oct 2025 10:14:11 +0000
जेनजीका अगुवाहरूलाई प्रचण्डको अपिल- मित्र र दुष्मन छुट्याउनुस्

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीका अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन अपिल गरेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्,’ उनले अपिल गर्दै भने, ‘आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग […]

Sat, 18 Oct 2025 10:07:56 +0000
कांग्रेसमा ४० मुनिका ४० युवाले थाले ‘पार्टी सुधार अभियान’

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका १५ औँ महाधिवशेनबारे बहस चलिरहेका बेला पार्टीमा आवद्ध ४० वर्ष मुनिका ४० युवाले छलफल सुरु गरेका छन् । ४० वर्ष मुनिका ४० युवाको ‘पार्टी सुधार अभियान’ मा नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला सघ, नेपाल प्रेस युनियनका प्रतिनिधिमूलक युवाले छलफल सुरु गरेका हुन् । उनीहरूले पार्टीका हरेक तहमा ४० […]

Sat, 18 Oct 2025 10:07:25 +0000
 ओलीको चुनौतीः म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला

उनले अपराधीहरू प्रहरीको बर्दीमा हातहतियारहरू बोकेर चुनावको बुथमा आउने अवस्थामा चुनाव हुन्छ भन्दै प्रश्न गरे । 'कि सम्झौता छ अपराधीहरूसँग ?' ओलीले प्रश्न गरे ।

Sat, 18 Oct 2025 09:58:23 +0000
कांग्रेसले भोलि तीनवटै तहका कार्यालय बन्द गर्ने

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन […]

Sat, 18 Oct 2025 09:52:01 +0000
भदौ २३ को आन्दोलन राम्रो, २४ गतेको घुसपैठ छानबिन हुुनुपर्छ : वर्षमान

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले लोकतन्त्रमाथि, संविधानमाथि, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘…हामी जनताको अवस्था अझ राम्रो हुने गरी अझ उन्नत लोकतन्त्रका लागि लडिरहनेछौं,’ उनको प्रतिबद्धता छ । जेनजी आन्दोलनपछि सबैको सोच बदलिएको उनको भनाइ […]

Sat, 18 Oct 2025 09:48:19 +0000
वर्तमान सरकारको जग नै छैन, हल्लाउँदा पुक्लुक्क हुन्छ : ओली

‘जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’

Sat, 18 Oct 2025 09:39:35 +0000
देशमा एमाले छ, शान्ति र सुशासन स्थापना गरिछाड्छ : ओली

‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ,’ ओलीले सम्बोधनको क्रममा भनेका छन् ।

Sat, 18 Oct 2025 09:31:57 +0000
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गतेसम्मका लागि स्थगित

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ कात्तिकमा बस्ने भएको छ । शनिबार बसेको चोथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । केन्द्रीय सदस्य प्रतिमा गौतमले पाँचौँ बैठक १३ कात्तिकमा दिउँसो १ बस्ने गरी स्थगित भएको जानकारी दिइन् । उनले प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका […]

Sat, 18 Oct 2025 09:30:37 +0000
फेरिएको पुरुष भलिबल टिम र काभा कपमा पदक जित्ने लक्ष्य

लामो समयपछिको अन्तर्राष्ट्रिय प्रतियोगिता, फेरिएको नेपाली टोली र कप्तान अनि पदक जित्ने लक्ष्यका साथ नेपाली टोलीले बंगलादेशको यात्रा तय गर्नेछ ।

Sat, 18 Oct 2025 09:10:30 +0000
पार्टी बैठकमा पौडेलले सोधे- नीतिगत अस्पष्टतामा चुनाव ‘फेस’ गर्न सकिन्छ ?

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्व कसले लिने भन्नेमा मात्रै केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिमा धारणा राख्ने क्रममा उनले कांग्रेसमा नेतृत्व कसले लिने भन्ने कुरामा मात्रै कांग्रेस केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका हुन् । केन्द्रीय सदस्य पौडेलले नीतिगत विषयहरूमा प्रष्ट ढंगले नबोलिकन २१ फागुनमा […]

Sat, 18 Oct 2025 09:00:55 +0000
जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे ओली

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि ओली आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

Sat, 18 Oct 2025 08:30:02 +0000
अहिलेको सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँ : मिरज ढुंगाना

जवाफ दिने क्रममा ढुंगानाले भने, ‘हैन यो सरकार जेनजीकै हो । त्यो जेनजीमा म पर्दिनँ । किनभने जेनजी पनि धेरै हुन्छ ।’

Sat, 18 Oct 2025 08:17:14 +0000
मिरजको पत्रकार सम्मेलनमा शहीद परिवारका माग राखेर उभिए युवक

मिरज ढुंगानाको पत्रकार सम्मेलनमा एक युवा कालो चस्मा र मास्क लगाएर देखिए । उनले आफ्नो छातिमा एउटा सेतो कागजमा प्लेकार्ड बोकेका थिए । जहाँ लेखिएको थियो– मेरो आत्माले कहिले शान्ति पाउने ?

Sat, 18 Oct 2025 08:01:06 +0000
दल खोल्नुको अर्थ चुनावमा जानु होइन, क्लियर होस् : मिरज ढुंगाना

‘आधिकारिक हुनका लागि भिड भएर देश विकास हुँदैन । कि त मैले एनजीओ खोल्नुपर्‍यो, कि त राजनीतिक दल हुनुपर्‍यो । नत्र हुलमुल मात्रै हुन्छ । हुलमुल नै भएर देश विकास गर भन्न त भएन,’ ढुंगानाले भने ।

Sat, 18 Oct 2025 07:51:19 +0000
सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको निर्देशन : भयरहित निर्वाचनको विश्वास दिलाउनुस्

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका […]

Sat, 18 Oct 2025 07:24:21 +0000
यसपालि ६ दिन यमपञ्चक, यस्तो छ कारण

१ कात्तिक, महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो । मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न […]

Sat, 18 Oct 2025 06:50:48 +0000
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

१ कात्तिक, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, […]

Sat, 18 Oct 2025 06:36:54 +0000
बौद्धिक समुदायका अगुवालाई राष्ट्रपतिको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्‍यो

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरू समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् । छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको […]