Entertainment
Wed, 24 Apr 2024 12:12:19 +0000
एलिना चौहानले श्रीमानको खुट्टा ढोगेको विषयमा चर्किएको विवाद के हो ?

काठमाडौं । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह र विवाहपछिका तस्वीर तथा भिडियोले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ । ती भिडियोमा यी दुवै प्रफुल्ल देखिन्छन् । विवाहपछिको एक भिडियोले भने सामाजिक सञ्जाल गर्माएको मात्र छैन, बहस नै छेडिएको छ । उक्त भिडियोमा एलिनाले विष्णुको खुट्टा ढोगेकी छन् । दुई मिनेटभन्दा बढी समय […]

Mon, 01 Apr 2024 07:54:36 +0000
जब रेखाले ‘अप्रिल फुल’ मनाउन अमेरिकाबाटै लेखिन् ‘गुडमर्निङ काठमाडौं’

काठमाडौं । सोमबार एकाबिहानै रेखा थापाले छोरी र श्रीमानसँगको फेसबुक रिल्स सेयर गर्दै लेखिन्, ‘हेलो काठमाडौं गुड मर्निङ ।’ उनको यो रिल्स देखेपछि धेरैजना रेखा नेपाल फर्किइसकिन् भनेर झुक्किए । रेखाले यी तस्वीर एक्समा पनि सेयर गरेकी छन् । रेखाले सेयर गरेको रिल्सको फोटो र भिडियोको पृष्ठभूमि पनि झण्डै काठमाडौं जस्तै देखिन्छ । तर नझुक्किनुहोला […]

Fri, 29 Mar 2024 10:10:50 +0000
पहिलो गीत रेकर्ड गराएकी संगीतालाई समीक्षाको सल्लाह- सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु

काठमाडौं । टीकापुरकी संगीता चौधरी केही दिनयता सामाजिक संजालको टाइमलाइनमा छाएकी छन् । गतसाता काठमाडौं आइपुगेकी उनले आफ्नो आवाजमा गीत रेकर्ड पनि गराइन् । युट्युवर भोजराज थापाको पहलमा आइपुगेकी उनको जादुमयी आवाजले संजाल प्रयोगकर्ताको मन जितेको छ । आइतबार काठमाडौंको वानडीबी रेकर्डिङ स्टुडियोमा संगीताको एक गीत रेकर्ड भयो । गीतलाई चाँडै सार्वजनिक गर्ने तयारी छ […]

Thu, 28 Mar 2024 08:33:40 +0000
भुवन केसी र मनोज पण्डितबीच सहकार्य हुन लागेको हो ?

काठमाडौं । स्क्रिप्ट डाक्टरको रुपमा पछिल्लो समय चर्चामा रहेका निर्देशक मनोज पण्डितले केही दिनअघि भुवन केसीसँगको फोटो सेयर गर्दै लेखे- ‘सुपरस्टार नेपाली बाबुले नेपाली फिल्म क्षेत्रलाई अर्को रोमाञ्चक सिनेमा दिनुहोला जस्तो छ । आशाको किरण देखियो ।’ उनको यो पोस्टपछि यी दुई फिल्मकर्मीले आगामी प्रोजेक्टका लागि सहकार्य गर्ने चर्चा सुरु भएको छ । यो भेटबारे […]

Wed, 13 Mar 2024 10:47:14 +0000
भटभटे माइला र पुतलीको जोडी अलग भएको हो ?

काठमाडौं । टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ । भटभटेको भूमिकामा बेगम नेपाली र पुतलीको भूमिकामा रियाशा दाहालले अभिनय गर्दै आएका थिए । तर केही एपिसोडदेखि दर्शकले रियाशालाई सिरियलमा देखिरहेका छैनन् । उनलाई नदेख्दा दर्शकले सिरियल छाडेको अनुमान पनि लगाइरहेका छन् । यति मात्र होइन, सिरियलबाट […]

Wed, 06 Mar 2024 11:10:26 +0000
‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’ फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको […]

Fri, 01 Mar 2024 07:24:45 +0000
‘डिग्री माइला’बारे विनोद चौधरी : ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी !’

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ । उक्त ट्रेलरमा नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई लिएर एउटा संवाद छ- दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । यसले मलाई मासिक चार लाखको अफर गर्‍या […]

Mon, 26 Feb 2024 07:07:58 +0000
अभिनेत्री नन्दिता केसीले गरिन् इन्गेजमेन्ट, आउँदो शनिबार विवाह

काठमाडौं । अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छन् । केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको बताइएको छ । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहेको जनाइएको छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको उल्लेख गरेकी छन् […]

Wed, 21 Feb 2024 05:28:50 +0000
सिड्नी पुगेर नितेशले स्वीकारे समृद्धिसँगको प्रेम सम्बन्ध

सिड्नी । ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक नितेशजंग कुँवरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्धबारे स्पष्ट पारेका छन् । दुईजनाको सम्मानमा सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नितेशले भने, ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं । हामीबीचको सम्बन्ध, साथ र आत्मियता […]

Tue, 20 Feb 2024 07:45:27 +0000
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको जवाफ : म शतप्रतिशत नेपाली

काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी मुम्बईमा मोडलिङ र विज्ञापनमा व्यस्त छिन् । उनले अभिनय गरेका सांगीतिक भिडियो पनि आइरहन्छन् । यसबाहेक इन्स्टाग्रामबाट उनी हरेक दिनजसो आफ्ना स्टाइलिस तस्वीर सेयर गरिरहेकी हुन्छिन् । इन्स्टा स्टोरी र टाइमलाइनबाट उनी फ्यानसँग अन्तरक्रिया गरिरहेको पनि देखिन्छ । बेलाबेलामा अदितीले इन्स्टा स्टोरीबाट फ्यानसँग प्रश्नोत्तर गर्छिन् । पछिल्लो साता […]

Sat, 17 Feb 2024 12:08:59 +0000
‘हक्की’ भन्दै रेखालाई सँगै चुनाब लडेका सांसद शर्माले दिए बधाई

काठमाडौं । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बनिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान’लाई लिएर कटाक्ष गरे । रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काइन् । एउटै दलका यी दुईबीच भनाभन नै पर्‍यो । आफ्नै दलका नेताबाट आलोचित […]

Mon, 12 Feb 2024 09:04:31 +0000
प्रेम चर्चाबीच मिस पबीको प्रष्टीकरण : बुवालाई भेट्न र फिल्म सुटिङका लागि अष्ट्रेलिया आएकी हुँ

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट […]

Fri, 09 Feb 2024 08:17:11 +0000
केकीलाई प्रियंकाको सल्लाह : ‘प्रेसरले कहिल्यै पनि बच्चा जन्माउनु हुँदैन’

काठमाडौं । बिहीबार बेलुका ‘दयारानी’ फिल्मको प्रिमियरमा सेलिब्रेटीको उपस्थिति खचाखच रह्यो । अभिनेत्री प्रियंका कार्की सारीमा सजिएर आमासँगै प्रिमियरमा पुगेकी थिइन् । अभिनेत्री केकी अधिकारी कालो टिसर्ट र प्यान्टमा आकर्षक देखिएकी थिइन् । प्रियंका र केकी एकसाथ देखिए । यी दुई अभिनेत्री एकसाथ हुँदा मिडियाले पछ्याउनु स्वभाविक हो । यी दुई अभिनेत्री केही प्रश्नले घेरिए […]

Wed, 07 Feb 2024 11:43:51 +0000
फिल्ममा रुचि छैन भुवनकी छोरी काजललाई, अनमोलको ‘रिलेसनसिप स्टाटस’बारे के भनिन् ?

काठमाडौं । अभिनेता भुवन केसीकी छोरी काजल मिडियामा कमै आउँछिन् । बेलाबेलामा बुवा भुवन र भाइ अनमोलसँग देखिएपनि उनी मिडियामा खुलेको देखिएको छैन । तर केही दिनअघि उनले बुवा र भाइसँगको सम्बन्ध र आफ्नो रुचिबारे खुलस्त गरेकी छन् । गत साता उनले ललितपुरको बालकुमारीमा एक्वेरियमको व्यवसाय थालेकी छन् । स्थानीयरुपमा हुर्काइएका माछाको प्रवर्द्धन गर्ने उद्देश्यले […]

Sun, 04 Feb 2024 12:15:41 +0000
‘गुलाबी सरर’मा आरजु देउवाको डान्स भिडियो भाइरल

काठमाडौं । भारत उत्तराखण्डको चर्चित गीत ‘गुलाबी सरर’मा कांग्रेस नेतृ आरजु राणा देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरा जयवीरको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले ठुम्का लगाएकी हुन् । उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको भिडियो सेयर गर्दै […]

Fri, 02 Feb 2024 13:53:56 +0000
तपाईं कता हराउनु भो भन्ने प्रश्नले हैरान बद्री पंगेनी !

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनीले पछिल्लो समय आजभोली तपाई कता हराउनु भो भन्ने प्रश्नले आफू हैरान भएको बताएका छन् । जहाँ जसलाई भेटेपनि पहिलो प्रश्न यस्तै आउने भन्दै उनले नयाँ गीत निरन्तरताका लागी सार्वजनिक गरेको बताए । शुक्रबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको गीत रिलिज समारोहमा पंगेनीले ती कुरा बताए । उनले कटाक्ष […]

Mon, 29 Jan 2024 08:16:28 +0000
प्रदीप र पलको पोस्टर सेयर गर्दै पूजा लेख्छिन्- मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो

काठमाडौं । अभिनेत्री पूजा शर्माले आइतबार फिल्म ‘पूजार सार्की’को पोस्टर सेयर गरिन् । लेखेकी थिइन्, ‘अझ मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो । सबै युनिटलाई सफलताको शुभकामना ।’ फिल्मको उक्त पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन् । ‘टाइम एण्ड स्पेस’को कुरा गर्दा पूजाले ‘पूजार सार्की’को पोस्टर सेयर गरेर शुभकामना दिनुलाई अर्थपूर्ण […]

Sun, 28 Jan 2024 06:38:45 +0000
राजेन्द्र लिङ्देनलक्षित रेखाको टिप्पणी : सन्तान अमेरिका पठाउने अनि अरुलाई उपदेश दिने ?

काठमाडौं । अभिनेत्री रेखा थापाको ‘बेबी प्लान’लाई लिएर यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रेखाबीच आरोप–प्रत्यारोप चर्किएको छ । पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा शनिबार लिङ्देनले पार्टी नेतृ समेत रहेकी रेखालाई लक्षित गर्दै कटाक्ष गरेका थिए । उनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको […]

Wed, 24 Jan 2024 11:15:05 +0000
अष्ट्रेलियामा सुष्मा कार्कीलाई प्रश्न : यतै घरजम गर्न लाग्नुभएको हो ?

सिड्नी । अभिनेत्री सुष्मा कार्की सधैं चर्चामा हुन्छिन् । कहिले फिल्म र कहिले सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले उनलाई चर्चामा ल्याएका हुन्छन् । जे जसरी भएपनि फिल्ममा लागेदेखि सुष्मा गुमनाम हुनुपरेको छैन । यो मेसोमा उनको विदेश दौडाहा पनि चलिरहेको छ । यतिबेला उनी अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा यतिबेला गर्मीयाम छ । सिड्नीको यो गर्मीमा सुष्मा […]

Thu, 18 Jan 2024 11:47:35 +0000
जब राजेशपायलले स्टेजमै ब्याक-किक हाने

काठमाडौं । गायक राजेशपायल राई बेलाबेलामा चर्चामा आइरहन्छन् । गत वर्ष अमेरिकाको न्युयोर्कस्थित कन्सर्टको स्टेजमा एक व्यक्तिले उनलाई दुर्व्यवहार गरेको घटनाले चर्चा पायो । पछि ती व्यक्तिले राजेशपायलसामु माफी मागे । त्यसबाहेक स्टेज प्रस्तुतिमा भएका क्रियाकलापलाई लिएर समेत उनी चर्चामा आउँछन् । यस्तोमा राजेशपायलको एक नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केही दिनअघि एक […]

Tue, 16 Jan 2024 10:50:47 +0000
भुवनको नजरमा प्रदीप ‘सुपरस्टार’, सम्बन्धमा सुधार आएको हो ?

काठमाडौं । २०७९ सालको असोज १ गते गोंगबुस्थित ल्होत्से हलमा आयोजित ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे । त्यतिबेला भुवनले आफू अभिनित फिल्मलाई सेन्सर सिफारिसमा अवरोध गरेको र हललाई राती ११ बजे नै बन्द गर्नुपर्ने निर्णय गरेको प्रतिक्रियामा प्रदीपले यस्तो बताएका थिए । प्रदीपले राजीनामा मागेपछि […]

Mon, 15 Jan 2024 07:57:30 +0000
प्रेमको चर्चाबीच अञ्जली अधिकारी भन्छिन्- समय आएपछि भन्छु

काठमाडौं । म्युजिक भिडियोकी व्यस्त अभिनेत्री अञ्जली अधिकारी प्रेमको कारण चर्चामा छिन् । केही समयदेखि सामाजिक सञ्जालमा उनले एक युवकसँगको रोमान्टिक तस्वीर सेयर गरिरहेकी छन् । फेसबुक स्टोरीमा उनले केही समययता लगातार ती युवकसँगका अन्तरंग फोटो सार्वजनिक गरेपछि उनको प्रेमको चर्चा सुरु भएको हो । आइतबार पनि ती युवकसँगको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् […]

Mon, 08 Jan 2024 15:52:16 +0000
तीन महिनापछि नम्रता फेसबुकमा लेख्छिन्- चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् । तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले […]

Mon, 08 Jan 2024 14:42:06 +0000
ज्योति मगर नाच्दा स्टेज भासियो, आयोजकमाथि फ्यानको आक्रोश

काठमाडौं । कुरा गतसाताको हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ । गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ । ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर […]

Fri, 05 Jan 2024 08:10:24 +0000
‘ओशो सन्यासी’ बनेकी नम्रताको गोवामा योग पोज (तस्वीर)

काठमाडौं । ‘अन्तराल’ डेब्यु अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेको डेढ वर्ष भयो । त्यसयता उनको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् । ‘छक्कापञ्जा’ अभिनेत्री समेत रहेकी नम्रतालाई लिएर यतिबेला नयाँ खबर छ । उनले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द […]

Thu, 04 Jan 2024 12:35:03 +0000
विराज भट्ट र विजय सेतुपतिबीचको भेटमा के भयो ?

काठमाडौं । अभिनेता विराज भट्टले गत साता आफ्नै निर्माण र निर्देशन रहने एक्सन फिल्म ‘बाह्र गाउँ’को घोषणा गरे । यो फिल्मलाई लिएर विस्तृत कुरा आउन बाँकी छ । फिल्म निर्माणको चर्चाबीच विराज र दक्षिण भारतीय स्टार विजय सेतुपतिबीच भेट भएको छ । विराज निकट स्रोतका अनुसार यी दुई अभिनेताबीच हालै भेटघाट भएको हो । प्राप्त […]

Thu, 04 Jan 2024 08:42:39 +0000
सविनसँग प्रेममा रहेकी अनु भन्छिन्- २०२४ भित्रै बिहे गर्ने वाचा गरेका छौं

काठमाडौं । कलाकार जोडी सविन श्रेष्ठ र अनु शाह लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो, उनीहरुले खुलेरै प्रेम अभिव्यक्त गर्दै आएका छन् । यस्तोमा उनीहरुलाई विवाह कहिले गर्ने भन्ने प्रश्नले पछ्याइरहेको छ । लामो ग्यापपछि बुधबारदेखि म्युजिक भिडियो छायांकनमा फर्किएकी अनुले मिडियासँग विवाह योजनाबारे खुलाएकी छन् । सन् २०२४ […]

Wed, 03 Jan 2024 07:56:40 +0000
कुसुम शर्मालाई प्रश्न : चर्चामा आउन प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?

काठमाडौं । कुसुम शर्माको डेब्यु गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बन्यो । यो गीतमा उनी प्रकाश सपुतसँगै देखिएकी छिन् । अहिलेसम्म यो गीतलाई ५ करोड ५० लाख पटक हेरिएको छ । त्यो गीत रिलिजपछि कुसुम एकाएक लाइमलाइटमा आइन् । त्यसयता धेरैले उनलाई कुसुम शर्मा कम र सकम्बरीको रुपमा बढी चिन्छन् […]

Tue, 02 Jan 2024 07:57:18 +0000
अनमोल अभिव्यक्तिको निशाना कता ?

काठमाडौं । फ्यानलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै अभिनेता अनमोल केसीले छायांकन भइरहेको फिल्म ‘फर्की फर्की’को एक तस्वीर सार्वजनिक गरे । यतिबेला उक्त तस्वीरसँगै क्याप्सनको समेत चर्चा भइरहेको छ । तस्वीरमा अनमोल गाडीमाथि बसेर मस्तले धुम्रपान गरिरहेका छन् । सडकको बीचमा गाडी तेर्स्याएर जाम बनाएका उनी आफूलाई गाली गर्नेलाई माझीऔंलो देखाउँदैछन् । यो फोटोले फिल्मभित्र […]

Sun, 31 Dec 2023 09:11:35 +0000
‘तलाक’को चर्चाबीच नीताले पोस्ट गरिन् विपना र उनका श्रीमानको तस्वीर

काठमाडौं । पुस ४ गते अभिनेत्री विपना थापाका श्रीमान आशुतोष भारद्वाजको फेसबुक एकाउन्टमा तरंग ल्याउने स्टाटस पोस्ट भयो । आफू र विपनाको ‘तलाक’ भइसकेको कुरा त्यहाँ उल्लेख थियो । त्यसको दश मिनेटमै स्टाटस गायब भयो । यतिञ्जेलसम्म सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो । तर विपनाले उक्त स्टाटस फेसबुक ह्याक भएर पोस्ट गरिएको […]

Wed, 27 Dec 2023 11:27:08 +0000
किन धमाधम कलाकार भेट्दैछन् हर्क साम्पाङ ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संगीतमा पनि विशेष रुचि राख्छन् । टिकटक लाइभमा आएर गितार बजाउँछन् र गीत गाउँछन् । संगीतप्रतिको अभिरुचि त भइहाल्यो, पछिल्लो समय उनले धमाधम फिल्म र संगीतकर्मीलाई भेटिरहेका छन् । पछिल्लो साता उनले सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाका लागि भन्दै नाम चलेका कलाकारलाई काठमाडौंमा भेटे । दयाहाङ राई, राजेशपायल राई, शान्तिराम […]

Thu, 14 Dec 2023 06:58:55 +0000
अमेरिका पुगेकी रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

काठमाडौं । अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नुपर्ने कतिपयको […]

Tue, 12 Dec 2023 09:33:44 +0000
श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु

काठमाडौं । बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् । हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ । मरुन रङको लेहंगामा श्रृंखला आकर्षक देखिएकी छन् । उनको फोटो पोज ‘क्यूट’ देखिन्छ । तस्वीरमा पूर्व मिस नेपालहरु […]

Sun, 10 Dec 2023 12:01:52 +0000
श्रृंखलाको ‘ब्याचलरेट’ पार्टीमा सेलिव्रेटी, सुरज भन्छन्- परिवारमा स्वागत छ

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले प्रेमीसँग बिहीवार लगनगाँठो कस्दैछिन् । अहिले उनको परिवारलाई विवाहको तयारी जुटाउन भ्याइनभ्याइ छ । अर्कोतर्फ, एकसातादेखि नै उनीहरुले धमाधम पार्टी आयोजना गरिरहेका छन् । श्रृंखलाले शनिबार बेलुका ‘ब्याचलरेट’ पार्टीको आयोजना गरिन् जहाँ केही सेलिव्रेटीको समेत उपस्थिती रह्यो । श्रृंखलाको घरमा आयोजना गरिएको पार्टीमा मनोरञ्जन, राजनीति र अन्य क्षेत्रका केही […]

Sat, 09 Dec 2023 14:08:02 +0000
‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा, उड्नुअघि काठमाडौंमा ‘प्रेगनेन्सी फोटोसुट’

काठमाडौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् । शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् । अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि […]

Fri, 08 Dec 2023 06:24:33 +0000
हिट फिल्मको पर्खाइमा सृष्टि

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् । सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा […]

Thu, 23 Nov 2023 08:21:12 +0000
फिल्म चलाउन सास्ती देखेपछि प्रकाश सपुत भन्छन्- यस्तै कारणले लगानी गर्न हिम्मत आएको छैन

काठमाडौं । यतिबेला फिल्म ‘दिमाग खराब’ विभिन्न कारणले चर्चामा छ । फिल्मका निर्माताले उचित शो र आम्दानीको ५० प्रतिशत हिस्सा मागेको विषयलाई लिएर प्रदर्शक र निर्माता वार्तामा छन् । प्रदर्शकले उचित शो नदिएको भन्दै निर्माताले फिल्म उतार्ने घोषणा गरेपछिको चर्चा सेलाएको छैन । यद्यपि, फिल्मले सकारात्मक समीक्षा प्राप्त गरेको छ र सुखद् कमाइ पनि भइरहेको […]

Fri, 17 Nov 2023 10:47:33 +0000
टिकटक बन्दबारे रेखाको कटाक्ष : यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !

काठमाडौं । नेपालमा टिकटक बन्द भएपछि यतिबेला देशव्यापी मिश्रित प्रतिक्रिया छ । प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् । कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ […]

Fri, 03 Nov 2023 11:32:24 +0000
रेखा भन्छिन्- नेपाली फिल्ममा हिरो मिसिङ भइरहेको छ, भएका पनि झगडा गरेर हराए

काठमाडौं । सम्भवतः रेखा फिल्म्स धेरै ‘हिरो’ जन्माउने ब्यानरमध्ये पर्छ । रेखा स्वयंले पनि ‘हिरो’बाटै अभिनय करिअर थालिन् । यो शब्दसँग उनको अनुराग र अभिरुचि परिचित नै छ । घरेलु फिल्ममा ‘हिरोइनइज्म’लाई स्थापित गर्ने श्रेय पनि रेखालाई जान्छ । उनै रेखा शुक्रबार आफ्नो पछिल्लो फिल्म ‘उपहार’को गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हिरो र कलाकारको […]

Fri, 03 Nov 2023 11:02:26 +0000
पूजा भन्छिन्- मलाई नयाँ हिरो मात्र फाप्छ, स्टारसँग त लेखेकै पनि छैन

काठमाडौं । अभिनेत्री पूजा शर्माले प्रायः नयाँ को–एक्टरसँग काम गरिन् । ‘प्रेमगीत’मा उनको जोडी प्रदीप खड्कासँग बाँधियो । ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग उनी देखिइन् । ‘रामकहानी’मा आकाश श्रेष्ठसँग जोडी बाँध्दा ‘सम्हालिन्छ कहिले मन’मा उनी डेब्यु ब्वाय सोनम तोप्देनकी जोडी बनिन् । संयोग या नियति, पूजालाई नयाँ एक्टरसँग अनस्क्रिन रोमान्स गर्न जुरेको देखिन्छ । […]

Mon, 23 Oct 2023 06:08:24 +0000
दशैं खानपानबारे दीपकको आग्रह- ४० कटेका शाकाहारी बन्नूस, मासु खाएको भिडियो नराख्नूस

काठमाडौं । दशैंजस्ता चाडपर्वसँग मीठो खाना र परिकारको महत्व जोडिएको हुन्छ । माशांहारी-शाकाहारी सबैका लागि परिकारको विशेष महत्व छ । पछिल्लो समय पर्वमा पनि भिगन र शाकाहारी खानाका पारखी बढ्दै गएको देखिन्छ । दशैं छेकोमा अभिनेता दीपकराज गिरीले ४० वर्ष उमेर कटेकालाई शाकाहारी भोजन ग्रहण गर्न सुझाव दिएका छन् । टिकटकमा भिडियो सन्देश जारी गर्दै […]

Sun, 15 Oct 2023 15:32:47 +0000
श्रृंखला खतिवडाले सार्वजनिक रुपमा स्वीकारिन् प्रेम सम्बन्ध

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् । आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो […]

Fri, 13 Oct 2023 11:20:41 +0000
उषा रजकको टिप्पणी : राजेश हमाल ओभर-रेटेड एक्टर हुन्

काठमाडौं । अभिनेत्री उषा रजक पछिल्लो समय चर्चामा छिन् । उनका फेसबुक स्टाटस र अभिव्यक्ति चर्चामा छन् । यस्ता कतिपय अभिव्यक्ति विवादले समेत घेरिएका छन् । केही साताअघि सामाजिक सञ्जालमार्फत उनले अभिनेता अनुप बरालविरुद्ध कटाक्ष गरेकी थिइन् । बरालले कास्टिङ काउच गरेको र फिल्म ‘कागबेनी’मा आफू तय भए पनि दीया मास्केलाई लिएको आरोप उनले लगाएकी […]

Tue, 05 Sep 2023 06:59:13 +0000
जब विराट कोहलीले ‘कुटुमा कुटु’ गीतमा डान्स गरे

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो । श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित रहेन । यो खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याए । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो । त्यस क्रममा रंगशालामा […]

Tue, 22 Aug 2023 05:30:47 +0000
‘हाइ सोलमेट’ भन्दै परमिता राणाले चिनाइन् प्रेमी

काठमाडौं । पछिल्लो समय मुम्बईमा रहेकी नेपाली अभिनेत्री तथा मोडल परमिता राणाले प्रेमी सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम रिल्समार्फत उनले मलायलम प्रेमीसँगको रोमान्टिक भिडियो ल्याएकी हुन् । ‘हाइ सोलमेट’ क्याप्सन लेख्दै उनले आफूहरु कपलको रुपमा रहेको उल्लेख गरेकी छन् । ‘हाइ सोलमेट । ह्याप्पीनेस, लभ, सोलमेट, मलायलम, सेलिब्रेसन, रिल्स, कपल, ट्रेन्डिङ, विद यु’ क्याप्सन उनले […]

Wed, 09 Aug 2023 07:32:18 +0000
सुनिता दुलाल भन्छिन्- २०८१ सालमा बिहे गर्छु, ढिलो होस् तर राम्रो होस्

काठमाडौं । लोकगायिका सुनिता दुलालको विवाहको कुरालाई लिएर निकै चर्चा हुने गरेको छ । विभिन्न कार्यक्रममा सञ्चारकर्मीहरुले उनलाई विवाह कहिले गर्ने ? भनेर प्रश्न तेर्स्याइहाल्छन् । मंगलबार तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रमा पनि उनी यो प्रश्नबाट बच्न सकिनन् । उक्त कार्यक्रममा सुनिताले आगामी वर्ष विवाह गर्ने योजनामा आफू रहेको बताइन् । ‘विवाहका लागि सबै कुरा […]

Tue, 25 Jul 2023 10:23:06 +0000
शृंखलाको गुनासो : डेढ वर्ष भयो, मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्

काठमाडौं । यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यसपटक भने मुखर सुनिएकी छन् । सञ्जय गुप्ताको पछिल्लो पडकास्ट […]

Wed, 19 Jul 2023 07:53:23 +0000
बालेनलाई करिश्माको कटाक्ष : ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो

काठमाडौं । जथाभावी पोस्टर टाँसेको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गर्‍यो । त्यसरी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको हो । तर ‘बगान’ अभिनेत्री करिश्मा मानन्धरले जरिवाना गर्ने महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन् । फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले […]

Mon, 17 Jul 2023 12:27:15 +0000
नयाँ हेयर स्टाइलमा गौरी मल्ल

काठमाडौं । कलाकार आफूलाई मनपर्ने गेटअप र हेयर स्टाइलमा देखा परिरहन्छन् । कोही छायांकन भइरहेको फिल्मको क्यारेक्टर लुक्समा हुन्छन् त कोही आफ्नो रुचिअनुसार फेसनलाई ढालिरहेका हुन्छन् । कोहीले शारीरिक परिस्थितिअनुसार पनि स्टाइललाई फलो गरिरहेका हुन्छन् । यसैबीच, अभिनेत्री गौरी मल्लको नयाँ हेयर स्टाइल सहरमा चर्चाको विषय बनिरहेको छ । केही दिनअघि एक ब्युटी सैलुनको उद्घाटनमा […]

Thu, 06 Jul 2023 12:30:19 +0000
अश्मीको प्रेमचर्चा

काठमाडौं । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ जति सुन्दर छिन् त्यति नै उनको निजी जीवनको पनि चर्चा हुन्छ । केही महिनाअघिसम्म भारतीय गायक सनम पुरीसँग उनले खुलेरै डेट गरिरहेकी थिइन् । केही महिना चलेको सो रोमान्स केही समयमै टुंगियो । त्यसयता अश्मीको रिलेसनसिप स्टाटस सिंगल नै थियो । अब भने यी पूर्वमिस नेपाल तथा मोडल सिंगलबाट […]

Wed, 05 Jul 2023 08:47:55 +0000
अष्ट्रेलिया पुगेर प्रेम सम्बन्ध स्वीकार्दै आकाशले भने- म अब सिंगल छैन

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ यतिबेला अष्ट्रेलिया घुमघाममा छन् । त्यहाँ रहँदा उनले एक नेपाली शैक्षिक परामर्शदाता संस्थाले आयोजना गरेको विद्यार्थीसँगको अन्तरक्रियामा भाग लिए । यो कार्यक्रममा उनले केही विद्यार्थीसँग पनि प्रश्नोत्तर गरेका छन् । टिकटकमा सार्वजनिक भिडियो हेर्दा यो कन्भर्सेसन निकै रमाइलो पनि देखिन्छ । हार्वर इन्टरनेसनल कलेजको उक्त कार्यक्रममा आकाशलाई विद्यार्थीले केही जिज्ञासा […]

Sun, 02 Jul 2023 08:14:24 +0000
प्रेमको चर्चाबीच आमेशले भने- समीक्षासँग विवाह गर्न तयार छु

काठमाडौं । गायक तथा फिल्म अभिनेता आमेश भण्डारी र गायिका समीक्षा अधिकारी पछिल्लो समय टिकटकमा निकै हिट छन् । टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन । हालैको अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिकटक […]

Fri, 30 Jun 2023 08:24:54 +0000
शृंखला भन्छिन्- मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकामा पढाइ सकेर स्वदेश फर्किएकी छन् । हार्वर्ड विश्वविद्यालयमा सहरी योजना विषयमा स्नातकोत्तर सकेकी उनी एक महिनाअघि काठमाडौं फर्किएकी हुन् । जहाँ भए पनि श्रृंखलालाई गसिपले पछ्याउन छाड्दैन । उनको निजी र व्यावसायिक जीवन सधैं लाइमलाइटमा रहने गर्छ । नेपाल फर्किएपछि पनि श्रृंखला सामाजिक सञ्जालको केन्द्रमा छिन् । यसबीच […]

Tue, 27 Jun 2023 05:54:01 +0000
प्रेममा रहेको संकेत गर्दै गरिमा लेख्छिन्- हल्का हल्का माया बस्यो कि ?

काठमाडौं । गरिमा शर्मा पछिल्लो समयकी व्यस्त र रुचाइएकी म्युजिक भिडियो मोडल तथा अभिनेत्री हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता बढी नै देखिन्छ । टिकटकदेखि इन्स्टाग्राममा उनी पोस्ट अपडेट गरिरहन्छिन् । फ्यानलाई आफ्नो गतिविधि सेयर गर्ने मामिलामा उनी अगाडि छिन् । सोमबार उनले इन्स्टाग्राम स्टोरीमा गरेको पोस्ट चाहिं अघिपछि भन्दा भिन्न थियो । जसमा उनले […]

Thu, 22 Jun 2023 11:18:27 +0000
एनिभर्सरीमा सुनिशालाई राजको प्रेमिल शुभकामना : जीवनमा माया दोब्बर, समस्या आधा

काठमाडौं । दर्शकले अहिले पनि कलाकार राज आचार्यलाई ‘तीतो सत्य’को ‘फुच्चे’को रुपमा चिन्छन् । ‘छक्कापञ्जा ४’ फिल्म खेल्दै उनले आफू फुच्चे नरहेको सन्देश दिन खोजे । फिल्ममा डेब्यु गर्नुअघि उनले अभिनेत्री ‘इन्टुमिन्टु लण्डनमा’ फेम्ड सुनिशा बजगाईंसँग लगनगाँठो पनि कसे । बिहीबार यो चर्चित जोडीले वैवाहिक वर्षगाँठ बनाएको छ । दुवैले एकअर्कालाई एनिभर्सरीको शुभकामना दिंदै माया […]