हराए लालसेना, बिलाए सपना
जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बस र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे ।
समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।
नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनी गरिब समान हैसियतको...
