All News
Sun, 16 Jul 2023 13:37:43 +0545
पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]

यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकमको २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकममा आवद्ध हुनुहुनेछ। उहाँहरुको…

Sun, 16 Jul 2023 10:20:59 +0545
कालो केशमा रातो सचिका बाँधेर विश्वभर प्रेमपत्र बटुल्दै कोकोभान

कालो केशमा रातो सचिका (रातो धागो) बाँधेर। सेतो स्वीटरमा ‘लभ साइन’ टाँसेर। ट्याटु खोपिएको हातमा लामा चार्ट पेपर बोकेर। हो, यसरी नै कयौं दिन प्रेमपत्र बटुल्दै पाटनका गल्लीहरुमा घुमेर बिताइन् कोकोभानले। यात्रा पाटनमा मात्रै सीमित भएन उनको। यही पहिरनमा फरक परिवेश बुझ्‍न काठमाडौंदेखि दुरको डोल्पासम्म पुगिन्। !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

Sun, 16 Jul 2023 10:15:18 +0545
आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?

काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ। ‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वत: घट्छ भने बढेर आएको खण्डमा…

Sun, 16 Jul 2023 10:07:58 +0545
एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्

काठमाडौं : के तपाईंको मोबाइल आइएमइआइ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता भएको छ? तपाईंको फोन दर्ता भए नभएको एमडीएमएस पोर्टलमा गएर हेर्न सकिन्छ। यसका लागि नेपाल दूरसंचार प्राधिकरणले छुट्टै पोर्टलको व्यवस्था गरेको छ। प्राधिकरणको यो वेबसाइटमा गएर बायाँ तर्फको ‘आफ्नो मोबाइलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नहोस्’ भन्ने बक्समा गएर हेर्न सकिन्छ। एमडीएमएस…

Sun, 16 Jul 2023 09:50:06 +0545
दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो

दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्। केहीदिनयताको अविरल वर्षाका कारण बाढी पहिरोका घटना बढेको छ भने मुख्य ड्यामहरुको जलस्तरसमेत बढेको छ। उद्धारटोलीले ओसङबाट थप ६ जनाको शवसमेत फेला पारेका छन्। शनिवार मिहो नदी 'ओभरफ्लो' भएपछि चार लेनको…

Sun, 16 Jul 2023 09:10:41 +0545
कलुवापुर बजारमा छैन पानीको निकास, थोरै वर्षा हुँदा पनि पर्छ डुबानमा

कञ्चनपुर : पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो। ‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ’, स्थानीय जयबहादुर ऐरले भने, ‘नयाँ घर निर्माण गर्ने…

Sun, 16 Jul 2023 09:00:49 +0545
अब धुलिखेलमा पनि गर्न सकिन्छ ‘प्याराग्लाइडिङ’

काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो। उक्त व्यावसायिक प्याराग्लाइडिङ उडानको पूर्व मन्त्री एवं सांसद गोकुल प्रसाद…

Sun, 16 Jul 2023 08:58:57 +0545
हेटौंडा अस्पतालमा बिरामीलाई पोषणयुक्त खाना खुवाइँदै, प्रदेश सरकारले छुट्यायो ३९ लाख रुपैयाँ

हेटौंडा : एक हप्तादेखि हेटौंडा अस्पतालमा भर्ना भएर बसेकी बिबिता कार्कीलाई अस्पतालमा बस्दा के खाने भन्ने कुनै चिन्ता छैन। मनहरी गाउँपालिकाकी बिबिता झाडापखाला भएर अस्पताल भर्ना भएयता उनले अस्पतालकै खाना खाईरहेकी छिन्। बिबिताकी आमा अनिता कार्कीलाई पनि अस्पातलले नै पोषणयुक्त खाना खुवाउने भएपछि बाहिरा होटल देखि खाना ल्याउनुपर्ने समस्या नभएको…

Sun, 16 Jul 2023 08:44:39 +0545
‘आत्मनिर्भर बनायो आफ्नै बारीको तरकारीले’

रुपनी जिएम- जानकी : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै बित्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने…

Sun, 16 Jul 2023 08:30:17 +0545
जीप दुर्घटना हुँदा पर्वतमा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की…

Sun, 16 Jul 2023 07:28:37 +0545
पहिरोले बाटो रोकिँदा बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

डम्मर बुढामगर- ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन हुँदा ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्। गाउँ-गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा…

Sun, 16 Jul 2023 07:00:05 +0545
औषधिले नछुने ‘एएमआर’ के हो? न्यूनीकरणमा व्यक्तिको भूमिका के? (अन्तर्वार्ता)

विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्यको लागि १० खतरा’को सूचीमा ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर)’लाई पनि समावेश गरेको छ। जब जीवाणु, भाइरस र परजीवीहरु समयसँगै परिवर्तन हुन्छन् र मानिसले रोग निको हुनका लागि सेवन गर्ने औषधिलाई पचाउन सक्छन्, त्यस्तो परिवर्तन वा अवस्थालाई एएमआर भनिन्छ। विश्वव्यापी स्वास्थ्यको लागि खतराको सूचीमा परेको यो समस्याबाट नेपाल…

Sun, 16 Jul 2023 06:03:17 +0545
यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आइतवार दिउँसो…

Sat, 15 Jul 2023 20:47:01 +0545
निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन

राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो। उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र…

Sat, 15 Jul 2023 17:54:09 +0545
सुकुनको लोभलाग्दो उन्नति : विभेदविरुद्ध र उद्यमशीलतामा बनिन् उदाहरण

‘कामीको होटल हो त्यहाँ खान नजानु है !’ मुस्ताङमा सुकुन रसाइली विकले होटल सञ्चालनमा ल्याइसकेपछि सुनेका शब्द हुन् यी। घरपझोङ-२ मार्फामा होटल सञ्चालनमा ल्याएपछि धेरैपटक यसखाले शब्द सुनेकी छिन् उनले। तर, उनको विभेदकै बिच उनको सफलताको कथा सुन्न लायक छ। सुकुन हिमाली जिल्लाकी महिला उद्यमी हुन् जसले आफ्नो पहिचान बनाउनुअघि…

Sat, 15 Jul 2023 16:58:24 +0545
पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु

बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो। पीडित पक्ष र अस्पतालबिच भएको वार्तामा सहमति जुटेपछि अस्पतालको सेवा सुरु भएको हो। सहमतिपछि मृतक बालकका आफन्तले विरोधका कार्यक्रम रोकेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका…

Sat, 15 Jul 2023 16:53:51 +0545
एसईई उत्तीर्णलाई तारकेश्वरको सम्मान

काठमाडौं : परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिवार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो।  यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर…

Sat, 15 Jul 2023 16:34:07 +0545
झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति

काठमाडौं : भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको  झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो। यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतडीका…

Sat, 15 Jul 2023 16:26:23 +0545
नाटक 'बाह्रा' कौशीमा जारी

काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो। नाटक प्रत्येक दिन प्रत्येक दिन ११ बजे र १ बजे मञ्चन हुने निर्देशक पुष्पराज अवस्थीले बताए। बाह्रा नेपाली परम्परामा भएको गुफा राख्ने संस्कृतिको कथावस्तु…

Sat, 15 Jul 2023 15:06:53 +0545
संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।          बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित नगर भेलामा उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरेका हुन्। उनले…