America
Tue, 03 Mar 2026 05:03:30 +0000
अमेरिकाद्वारा पाकिस्तानमा भिसा सेवा स्थगित गर्ने घोषणा

अमेरिकाले पाकिस्तानबाट प्रवाह गर्दै आएको भिसा सेवा बन्द गरेको छ। कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले पाकिस्तानमा भिसा अपोइन्टमेन्टहरू रद्द गर्ने निर्णय गरेको हो। पाकिस्तानको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले सबै भिसा अपोइन्टमेन्ट रद्द गरिएको घोषणा गरेको छ। दूतावासका अनुसार यो निर्णय इस्लामाबादस्थित दूतावासका साथै लाहोर […]

Tue, 03 Mar 2026 04:35:56 +0000
रियादस्थित अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन हमला

साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमण इरानले गरेको दाबी गरिएको छ। साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणबाट दूतावासको भवनमा आगलागी भएको र केही भौतिक क्षति पुगेको छ। बिहान सबेरै ठूलो विस्फोटको आवाज सुनिएको थियो […]

Tue, 03 Mar 2026 03:32:37 +0000
अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले इरानमाथिको सैन्य कारबाहीको मुख्य उद्देश्य परमाणु हतियार विकास रोक्नु मात्र रहेको दाबी गरेका छन्। उनले इरानमा कसले शासन गर्छ भन्ने विषय त्यहाँका जनताको निर्णय भएको बताउँदै अमेरिकाको चासो भनेको उसको परमाणु कार्यक्रमलाई निस्तेज पार्नु रहेको स्पष्ट पारे। अमेरिकाले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अडान भान्सले पुनः दोहोर्‍याएका छन्। […]

Tue, 03 Mar 2026 03:03:27 +0000
मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह गरेको हो। बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। विदेश मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गर्दै त्यहाँस्थित दूतावासहरूलाई […]

Tue, 03 Mar 2026 02:06:32 +0000
अष्टिन गोलीकाण्ड: आतंकवादसँग सम्बन्धित हुनसक्ने भन्दै एफबीआईको अनुसन्धान केन्द्रित

अमेरिकाको अष्टिन सहरमा भएको गोलीकाण्ड आतंकवादी घटना हुनसक्ने भन्दै संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान तीव्र बनाएको छ। एफबीआईले यस घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित कोणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। शंकास्पद व्यक्तिको गाडी र घरबाट केही यस्ता सामग्री फेला परेका छन्, जसले “आतंकवादसँग सम्भावित सम्बन्ध” रहेको संकेत गर्ने अधिकारीहरूको भनाइ छ। प्रहरीले मारिएका शंकास्पद हमलाकारीको […]

Mon, 02 Mar 2026 16:40:48 +0000
आगामी दशैंमा बिहे गर्ने योजनामा थिए दिवस, इरानी ड्रोन आक्रमणमा परी दुबईमै अस्ताए 

घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै […]

Mon, 02 Mar 2026 14:08:09 +0000
प्रतिधिसिभा निर्वाचन-२०८२ : ‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि […]

Mon, 02 Mar 2026 02:48:25 +0000
इरानी सर्वोच्च नेता खामेनीमाथि आक्रमण: अमेरिकाले भेटायो, इजरायलले मेटायो

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी कसरी अमेरिका र इजरायलको सटिक निशानामा परे भन्ने चासो र चर्चा अहिले सर्वत्र चुलिएको छ। यस घटनामा अमेरिकी र इजरायली गुप्तचर निकायहरूले कसरी मजबुत सहकार्य गरे होलान् भन्ने प्रश्न पनि उब्जिएको छ। प्राप्त विवरण अनुसार, महिनौँदेखि इजरायल र अमेरिकाका गुप्तचर निकायहरूबीच यस विषयमा घनिभूत सहकार्य चलिरहेको थियो। यस अभियानमा […]

Mon, 02 Mar 2026 02:02:41 +0000
अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको पुष्टि भएको यो पहिलो पटक हो। अमेरिकी सेनाका अनुसार अन्य पाँच सैनिक “गम्भीर रूपमा घाइते” भएका छन् भने केही सैनिक सामान्य घाइते भई पुनः ड्युटीमा […]

Mon, 02 Mar 2026 01:54:07 +0000
टेक्सासको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ घाइते

अमेरिकाको टेक्सास राज्यस्थित अस्टिनमा आइतबार बिहान एक बारमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार, यो घटना अस्टिनको पर्यटकीय क्षेत्र ‘सिक्स्थ स्ट्रिट’ मा रहेको लोकप्रिय बियर गार्डेन ‘ब्युफर्ड्स’ मा भएको हो। स्थानीय समयअनुसार आइतबार बिहान करिब २ बजे एक बन्दुकधारीले गोली चलाउन सुरु गरेका […]