America
Sat, 17 Jan 2026 16:45:33 +0000
इरानका प्रदर्शनमा भएको हिंसाको दोष ट्रम्पमाथि, खामेनीद्वारा अमेरिकामाथि गम्भीर आरोप

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर फैलिएको विरोध प्रदर्शनका क्रममा भएका मृत्यु र घाइतेको जिम्मेवारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएका छन्। एक धार्मिक पर्वको अवसरमा समर्थकहरूलाई सम्बोधन गर्दै खामेनीले इरानी जनताविरुद्ध भएको क्षति र मानवीय हताहतीका लागि अमेरिकी नेतृत्व दोषी रहेको बताएका हुन्। खामेनीले ती प्रदर्शनहरूलाई “अमेरिकी षड्यन्त्र”को संज्ञा दिँदै अमेरिकाले इरानलाई पुनः […]

Sat, 17 Jan 2026 16:22:39 +0000
कठोर ‘भिसा बन्ड’ नीति र अमेरिकासँग नयाँ कूटनीतिक परीक्षामा नेपाल

अमेरिकाले नेपाली नागरिकका लागि बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसामा ‘भिसा बन्ड’ अर्थात् धरौटी राख्ने नयाँ नीति लागू गर्न लागेको निर्णयले नेपाललाई प्रत्यक्ष कूटनीतिक दबाबमा पारेको छ। यो नीतिअनुसार भिसा स्वीकृत भएपछि नेपालीले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म रकम जमानतका रूपमा तिर्नु पर्ने व्यवस्था प्रस्तावित छ, जुन नेपालजस्तो मुलुकका लागि अत्यन्तै ठूलो र व्यवहारिक […]

Sat, 17 Jan 2026 14:55:26 +0000
अध्ययन गर्न रुस गएका दिनेश २ वर्षदेखि सम्पर्कविहीन

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए । बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन् ।” दिनेशका […]

Sat, 17 Jan 2026 05:28:03 +0000
अध्ययन प्रतिवेदन भन्छ: ‘गर्भावस्थामा प्यारासिटामोल सेवन गर्नु सुरक्षित’

गर्भावस्थामा प्यारासिटामोल सेवन गर्नु सुरक्षित रहेको विज्ञहरूले बताएका छन्। गर्भावस्थामा प्यारासिटामोलको सेवनले बालबालिकामा अटिज्म, एडीएचडी वा विकाससम्बन्धी समस्या निम्त्याउने कुनै ठोस प्रमाण फेला नपरेको उनीहरूले स्पष्ट पारेका हुन्। विज्ञहरूद्वारा गरिएको एक महत्त्वपूर्ण नयाँ समीक्षापछि यो निष्कर्ष सार्वजनिक गरिएको हो। अध्ययनमा संलग्न विज्ञहरूका अनुसार गर्भवती महिलाहरूले आवश्यकता पर्दा प्यारासिटामोलको सेवन ढुक्कसँग गर्न सक्छन्। यो निष्कर्षले गत […]

Sat, 17 Jan 2026 05:11:48 +0000
अमेरिकाद्वारा ग्रीनल्याण्डको पक्ष लिने देशहरूविरुद्ध भन्सार शुल्क लगाउने चेतावनी

अमेरिकाले ग्रीनल्याण्डको पक्षमा उभिएर दबाब दिने देशहरूविरुद्ध नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने आफ्नो योजनाको विरोध गर्ने देशहरूमाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा विचार भइरहेको बताएका हुन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिकालाई साथ नदिने देशहरूमाथि ट्यारिफ लगाउन सकिने चेतावनी दिए। उनले राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्याण्ड […]

Sat, 17 Jan 2026 04:35:40 +0000
अमेरिकामा डेमोक्र्याट नेताहरूमाथि न्याय मन्त्रालयद्वारा अनुसन्धान सुरु

अमेरिकाको मिनेसोटाका दुई प्रमुख डेमोक्र्याट नेताहरूमाथि अनुसन्धान सुरु गरिएको छ। संघीय आप्रवासन कारबाहीमा अवरोध पुर्‍याउन खोजेको आरोपमा न्याय मन्त्रालयले मिनेसोटाका गभर्नर टिम वाल्ज र मिनियापोलिसका मेयर जेकब फ्रेमाथि अनुसन्धान सुरु गरेको हो। यो कदमलाई ट्रम्प प्रशासन र डेमोक्र्याटहरूबीचको बढ्दो टकरावको सङ्केतका रूपमा हेरिएको छ। गभर्नर वाल्ज र मेयर फ्रेले ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) सम्बन्धी […]

Fri, 16 Jan 2026 17:55:27 +0000
डलर खर्च सीमितताबीच नेपालीले कसरी तिर्ने अमेरिकी भिसाको धरौटी? अमेरिकी विदेश मन्त्रालयको उपाय

अमेरिकी विदेश मन्त्रालयले भिजिटर भिसाका आवेदकहरूका लागि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेपछि डलर खर्चिन सीमितता रहेको नेपालका सन्दर्भमा केही अन्योल देखिएका छन्। नेपालीले डलर कार्डबाट १५ हजार डलरसम्म खर्च गर्न नपाइने सीमितताका कारण आवेदकहरूलाई व्यावहारिक कठिनाइ हुने र आवेदकले धरौटी कसरी तिर्ने भन्नेबारे प्रश्नहरू उब्जिएका हुन्। यस विषयमा खसोखासले अमेरिकी विदेश मन्त्रालयसमक्ष […]

Fri, 16 Jan 2026 16:59:05 +0000
नर्थ क्यारोलिनाको आरटीपी क्षेत्रमा पहिलो ल्होसार कप हुने

ल्होसारको अवसरमा नर्थ क्यारोलिनाको आरटीपी क्षेत्रमा पहिलो “ल्होसार कप” आयोजना हुने भएको छ। आरटीपी क्षेत्रमा बसोबास गर्दै आएका १ सय २० जना नेपाली फुटबल खेलाडीहरूबीच फुके नेपाली फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो। त्यस्तै, सह–आयोजकका रूपमा हिमालयन फुटबल क्लब, होपेक्स र योलो फुटबल समूह रहेका छन्। विभिन्न आठ टीमबीच हुने ल्होसार कप आगामी फेब्रुअरी […]

Fri, 16 Jan 2026 15:38:48 +0000
भोलिदेखि नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ गर्दै अमेरिकी दूतावास, विषयवस्तु ‘भिजन टु भेन्चर’

नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्दैछ। दूतावासका अनुसार यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ ले सृजनात्मक विचारलाई वास्तविक उद्यममा रूपान्तरण गर्ने सपनालाई जोड दिएको छ। सन् २०२३ देखि सुरु गरिएको यो कार्यक्रम अब आफ्नो चौथो संस्करणमा प्रवेश गर्न लागिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार यो मेला अहिले काठमाडौंमा मात्र सीमित […]

Fri, 16 Jan 2026 15:11:02 +0000
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगको आधिकारिक मान्यता 

निर्वाचन आयोग नेपालले हालै विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको हो ।  राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको कांग्रेसको विशेष महाधिवेशनले थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो । विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति थापा नेतृत्वको टोलीले बिहीबार […]