BBC Nepali News
Sun, 11 May 2025 11:03:08 GMT
भारत-पाकिस्तान तनाव चुलिँदा र सङ्घर्षविराम हुँदा नेपाललाई कस्तो पाठ

विभिन्न देशको मध्यस्थतामा भारत र पाकिस्तान सङ्घर्षविराम गर्न सहमत भएको विवरण आएको छ। तर नेपालले किन खुलेर लडाइँ रोक्न आह्वान गर्न सकेन?

Sun, 11 May 2025 09:28:50 GMT
भारत र पाकिस्तान द्वन्द्व : सङ्घर्षविराम गराउन डोनल्ड ट्रम्प र अमेरिका किन ताते

भारत र पाकिस्तानबीच युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले कश्मीरको विषयमा विद्यमान विवाद समाधान गर्न आफू दुवै देशसँग मिलेर काम गर्न तयार भएको बताएका छन्।

Sun, 11 May 2025 05:50:30 GMT
रुस-युक्रेन युद्ध: राहत लिन र आफन्त खोज्न मस्को जाने कि नेपालमै कुर्ने दोधारमा सैनिकका परिवार

युक्रेनसँग युद्धरत रुसी सेनामा खटिएर ज्यान गुमाएका वा बेपत्ता भएका नेपालीका परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति लिन र आफन्त खोज्न मस्को जान यात्रा अनुमतिपत्र दिने निर्णय गरेको छ। कतिपय सैनिकका परिवारजन रुस गएका छन् भने नेपालमै भएका अरूहरू अन्योलमा परेका छन्।

Sun, 11 May 2025 04:13:24 GMT
पेट र दिमागले कसरी हाम्रो भावना तय गर्छ

हामीलाई थाहा छ हाम्रो पेट र दिमाग सम्बन्धित छ, तर यो सम्बन्ध कसरी स्थापित भएको छ? र के स्वास्थ्य र खुसी जीवनका लागि यो सुधार गर्न सम्भव छ?

Sun, 11 May 2025 03:38:46 GMT
रुस-युक्रेन युद्ध : पुटिनद्वारा युक्रेनसँग 'सीधा वार्ता'को आह्वान

यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसहितका युरोपेली नेताहरू युक्रेन पुगेर रुसलाई नि:सर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेको केही घण्टामा पुटिनले त्यसो भनेका हुन्।