BBC Nepali News
Sat, 17 Jan 2026 13:16:33 GMT
अदालत जाने तयारीमा जुटेको देउवा पक्षले अघि सारेका चार जिकिर

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णयमा पुगेको छ। उसले अघि सार्ने तर्क के छन्?

Sat, 17 Jan 2026 03:05:59 GMT
केन्द्रको उथलपुथल, वर्चस्वको लडाइँ र अनेक प्रश्नमाझ मधेशमा यस्तो छ चुनावी वातावरण

तराई क्षेत्रमा धेरै निर्वाचन क्षेत्र रहेका कारण त्यहाँ प्रभाव जमाउने राजनीतिक शक्तिले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाउने गर्छन्। जेन जी आन्दोलनपछि घोषणा गरिएको चुनावको तयारीमाझ मधेश प्रदेशमा कसले कस्तो रणनीति लिइरहेका छन्?

Sat, 17 Jan 2026 07:12:09 GMT
हस्तक्षेप गर्ने ट्रम्पको चेतावनीसँगै इरान यहाँ कसरी पुग्यो? समयरेखा बुझ्नुहोस्

सन् १९५३ मा इरानका प्रधानमन्त्रीलाई अपदस्थ गर्ने सीआईएको योजनादेखि राष्ट्रपति ट्रम्पको नेतृत्वमा तनाव र टकरावसम्म इरानको ६५ वर्षभन्दा लामो इतिहासलाई फर्केर हेर्दा अमेरिकाको ठूलो संलग्नता देखिन्छ।

Sat, 17 Jan 2026 04:43:34 GMT
ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशहरूमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

डेनमार्क र ग्रील्यान्डसँगै डोनल्ड ट्रम्पको योजनाको अन्य देशहरूलगायत अमेरिकाभित्रै पनि कतिपयले आलोचना गरेका छन्।

Sat, 17 Jan 2026 02:25:47 GMT
के महिला क्रिकेट टोलीले पनि इतिहास रच्न सक्ला?

आइतवारबाट सुरु हुने विश्वकप छनोटमा महिला क्रिकेट टोलीको चुनौती कस्ता छन्?

Sat, 17 Jan 2026 02:38:54 GMT
नेपालसहित ७५ देशका मानिसलाई आप्रवासी भिसा नदिने अमेरिकाको निर्णयको असर कस्तो

अमेरिकी अधिकारीहरूका अनुसार आप्रवासीहरूले ‘अमेरिकी जनताको पैसा दोहन नगर्ने’ सुनिश्चित नभएसम्म नयाँ भिसा दिने प्रक्रिया नखुल्न सक्छ।

Fri, 16 Jan 2026 15:37:32 GMT
'एकताबद्ध भएर अघि बढ्न' गगन थापाको अपील, 'लडाइँ गर्ने' पूर्णबहादुर खड्काको प्रतिक्रिया

यसै साता नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन पक्षधरहरूले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन भएको भन्दै गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएपछि दुवै पक्षले आफूले वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका थिए।

Thu, 15 Jan 2026 02:37:28 GMT
आयातोल्लाह अली खामेनेई को हुन्, कसरी इरानको सत्तामा पुगे

विगत ३५ वर्षभन्दा बढी समयदेखि इरानको सत्तामा रहेका आयतोल्लाह अली खामेनेई को हुन्? जान्न हेर्नुहोस् यो भिडिओ।

Thu, 15 Jan 2026 11:28:59 GMT
अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो

नासाका अनुसार अन्तरिक्षयात्रीहरूको टोली स्थानीय समयानुसार शुक्रवार बिहान १ः३० बजे क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा ओर्लिएको हो।

Wed, 14 Jan 2026 05:01:47 GMT
महिला विश्वकप क्रिकेट छनोट: क्यान र महिला टोलीले पाएको अभूतपूर्व अवसर

नेपालमा यसअघि क्षेत्रीय प्रतियोगिताको मात्र आयोजना गर्न पाएको क्यानले अब ग्लोबल क्वालिफायर तहका प्रतिस्पर्धा आयोजना गर्न पाएको छ।

Tue, 13 Jan 2026 07:09:30 GMT
इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू

इरान र विश्वभरि विभिन्न स्थानमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्र इरानको झण्डा च्यातेर त्यसको ठाउँमा सिंह र सूर्य अङ्कित झण्डा राख्न थालेको देखिएको छ।

Tue, 13 Jan 2026 02:19:21 GMT
इरानमा जारी विरोधप्रदर्शन 'अभूतपूर्व' मानिनुका पाँच कारण

इरानले पछिल्लो पटक सन् २०२२ मा प्रदर्शनहरूको सामना गरेको थियो। तर वर्तमान प्रदर्शनहरूको दायरा र लक्ष्य कति र किन फरक छ?

Fri, 16 Jan 2026 10:54:00 GMT
कांग्रेस पार्टीमा देखिएको किचलोको प्रभाव चुनावको मितिमा पर्न सक्ला?

नेपाली कांग्रेसमा देखा परेको विभाजनको हल निकाल्नका लागि समय लागेमा निर्वाचनको मितिमा पर्नेसक्ने प्रभावका बारे फेरि चर्चा हुन थालेको छ तर त्यो बाटो सहज नहुने बताइएको छ।

Fri, 16 Jan 2026 07:34:18 GMT
तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

अफगान सरकार ढलेपछि र अमेरिकाको नेतृत्वमा रहेका विदेशी सैनिकहरू फिर्ता भएपछि तालिबान सन् २०२१ मा सत्तामा पुगेको थियो।

Fri, 16 Jan 2026 09:03:23 GMT
दुर्लभ शल्यक्रिया गरेर जन्मिएको बच्चा ओराङ्उटान

मेम्फिस जूका अनुसार डिसेम्बरमा जन्मिएकी पोथी ओराङ्उटानको नाम रुहाना राखिएको छ।

Fri, 16 Jan 2026 03:12:50 GMT
भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले आफ्नो पदक ट्रम्पलाई दिइन्

मचाडोले गत साता नै उक्त पुरस्कार ट्रम्पसँग साझा गर्ने बताए पनि नोबेल समितिले त्यो हस्तान्तरण गर्न नमिल्ने भनेर स्पष्ट पारेको थियो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

Fri, 16 Jan 2026 01:27:25 GMT
नेपाली कांग्रेसको 'मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

नेपाली कांग्रेसमा देखिएको विभाजनले चुनावको मुखमा मान्यता नपाउने पक्षका सामु कस्ता विकल्प रहन्छन् भन्ने प्रश्नबारे जानकारहरू के भन्छन्?

Fri, 16 Jan 2026 01:43:48 GMT
इरानमा हस्तक्षेप गर्न अमेरिकालाई आग्रह गर्ने निर्वासित राजकुमार

संयुक्त राज्य अमेरिकामा सन् १९७९ देखि निर्वाचित जीवन व्यतीत गर्दै आएका इरानका पूर्वराजकुमार रेजा पह्लवीबारे हामीलाई के थाहा छ?

Thu, 15 Jan 2026 07:47:28 GMT
कतारस्थित अमेरिकी सैन्य शिविरबाट सैनिकहरूलाई अन्यत्र सारिँदै

अमेरिकाले इरानमा सैन्य कारबाही गर्न सक्ने र इरानले प्रत्याक्रमण गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै 'पूर्वसावधानी' अवलम्बन गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

Thu, 15 Jan 2026 09:21:44 GMT
कांग्रेसका दुई पक्षको विवादमा आयोगले निर्णय गर्ने आधार के कस्ता

सरकारले तोकेको निर्वाचन मिति अनुसार अब प्रतिनिधि सभाको चुनाव आउन ४९ दिन बाँकी रहँदा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नयाँ नेतृत्व कसको हुन्छ र निर्वाचन आयोगले कसलाई मान्यता दिन्छ भन्ने सबैको चासोको विषय बनेको बताइन्छ।

Wed, 14 Jan 2026 02:16:31 GMT
भेनेजुएलामा ट्रम्पले नोबेल विजेता मचाडोको साटो मदुरोकै उपराष्ट्रपतिलाई रोज्नुका कारण

गत साता भेनेजुएलाको कराकासमा भएको नाटकीय घटनापछि धेरै प्रश्नहरू घुमिरहेका छन्। तीमध्ये एक हो - ट्रम्पले त्यहाँको शासनका लागि किन मारिआ कोरिना मचाडोलाई छाडेर डेल्सी रोड्रिगेसलाई छाने?

Mon, 12 Jan 2026 07:18:25 GMT
धरौटी राखेर भिसा लिने यात्रुका लागि अमेरिका प्रवेशबिन्दु थप, क्यानडा हुँदै पनि जान पाइने

अमेरिकी विदेश मन्त्रालयका अनुसार आवेदकहरूले भिसा अन्तर्वार्ताका क्रममा निर्धारण भएअनुसार पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्छ।

Sat, 10 Jan 2026 06:55:22 GMT
काठमाण्डूको त्यो मञ्च जहाँ वाजपेयीसामु 'परवेज मुशर्रफसँग हात मिलाउनुको विकल्प थिएन'

सन् २००२ मा नेपालमा आयोजित सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफले अनपेक्षित रूपमा हात मिलाए। किन त्यस घटनालाई अझैसम्म सम्झना गरिन्छ?

Sat, 10 Jan 2026 03:12:51 GMT
पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?

इरानको भविष्यमा आफ्नो भूमिका खोजिरहेका पूर्वराजकुमारबारे बीबीसी पर्सीअनले खोजी गरेको छ।

Fri, 09 Jan 2026 01:45:08 GMT
डोनल्ड ट्रम्पले कसरी ग्रीनल्यान्ड 'हात पार्न' सक्छन्

ह्वाइट हाउसले ग्रीनल्यान्ड अमेरिकाको स्वामित्वमा ल्याउन सेना परिचालनसहित विभिन्न उपायबारे विचार गरिरहेको पुष्टि गरेको छ।

Sat, 10 Jan 2026 13:44:43 GMT
दुई साता नबित्दै किन टुट्यो रवि र कुलमानबीचको सहकार्यको निर्णय

रवि लामिछाने नेतृत्वको रास्वपाले कुलमान घिसिङ पक्षसँगको एकता प्रक्रिया अघि नबढाउने निर्णय गरेसँगै उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्षमा चयन गरेको छ।

Thu, 08 Jan 2026 01:36:41 GMT
भेनेजुएलामा कति तेल छ, के त्यसमा अमेरिकाको पनि हक लाग्छ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको तेलमा पहुँच चाहेका छन् - तर यी भण्डारबारे के थाहा छ, तिनीहरू उत्खनन गर्नका चुनौतीहरू के हुन् र संसारकै सबैभन्दा ठूलो मानिएका तेल भण्डारको प्रयोग गर्दा विश्वव्यापी प्रभाव के पर्न सक्छन्?

Wed, 07 Jan 2026 01:43:18 GMT
भेनेजुएलापछि ट्रम्पले 'आँखा लगाउन सक्ने' पाँच देशहरू

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङ्टनको नजरमा परेका देशहरूलाई कैयौँ चेतावनी दिइसकेका छन्।

Mon, 12 Jan 2026 02:39:21 GMT
विश्वभरि युवतीहरू यसकारण 'एग फ्रीजिङ' गर्छन्

आफ्नो स्वतन्त्रताको पूर्ण आनन्द लिन र भविष्यको सम्बन्धबारे अनिश्चितताका कारण १८ देखि २४ वर्ष उमेर समूहका महिलाहरूमा एग फ्रिजिङको प्रचलन बढ्दै गएको छ।

Sat, 03 Jan 2026 03:01:05 GMT
रक्सी पिएपछि 'ह्याङ्ओभर' निको पार्ने उपाय के हो

मदिरा पिएको प्रायजसो भोलिपल्ट वाकवाकी हुने, टाउको दुख्ने र थकाइ लाग्ने जस्ता समस्याबाट जोगिन तपाईँ के गर्नुहुन्छ?

Thu, 01 Jan 2026 01:45:26 GMT
अन्तरिक्षमा १,००० डिग्री सेल्सिअसको भट्टीसहितको कारखाना

स्पेस फोर्जले माइक्रोवेभ आकारको कारखानालाई पृथ्वीको कक्षमा पठाएर झन्डै १,००० सेल्सिअसको तापक्रममा भट्टी खोल्न सकिने देखाएको छ।

Mon, 22 Dec 2025 01:38:47 GMT
ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो

खगोलविद्हरूले ब्रह्माण्डले आफ्नो 'स्वर्णयुग' पार गरिसकेको देखाउने सङ्केत फेला परेको बताएका छन्। त्यसको अर्थ के हो र त्यसबाट हामी चिन्तित हुनुपर्छ कि पर्दैन?